Above Article Ad
  • धनगढीमा विपद जोखिम न्यूनिकरणबारे वहुसरोकारवाला निकाय छलफल

    Above Article Content Ad
  •  

    धनगढी, १० चैत । विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यका स्थानीयकरणका लागि बहुसरोकारवाला निकायविच छलफल भएको छ । मानवीय सहयता साझेदारी मञ्चको आयोजनामा भएको कार्यक्रमका प्रमुख आतिथि आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशका सहसचिव विश्वदिप बेस्रा विपदको बेला ठुला जोखिम आउन सक्ने भन्दै विपद कोष स्थापनामा जोड दिएका छन ।

    Article inline ad #1
  • विपदका बेला जहिले पनि अरुसंग हात फैलाउनु पर्ने अवस्था हुन्छ,’ सहसचिव बेस्राले भने, ‘विपद जोखिमका लागि कोष स्थापना गर्नसके आत्मनिर्भर पनि हुन सकिन्छ ।’ विपदका बेला बन्चितिकरणमा परे समुदाय, अपाङगता भएका व्यक्ति, महिला तथा बालबालिका बढी जोखिममा पर्ने गरेको उहाँले बताए । सहसचिव बेस्रा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यका स्थानीयकरणका लागि बहुसरोकारवाला निकायविच अनुभव अदानप्रदान गर्न जरुरी रहेकोपनि बताए ।

    Article inline ad #2

    निडस नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी कार्यपत्र प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश विपद जोखिमको दुष्टिमा उच्च जोखिममा रहेको बताए । त्यसैगरी बहुआयमिक गरिबीको दृष्टिमापनि सुदूरपश्चिम प्रदेश अगाडी रहेकोले विपदका जोखिमका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी एकबद्ध भएर जानु पर्ने उहाँले बताए । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी खनाल स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले विपदका जोखिमका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी स्थानीय सरकारसंग सहकार्य गरि अगाडी बढना सुझाव दिएका छन ।

    प्रदेशभित्र धेरै बस्ती विपदको जोखिममा रहेको बस्ती स्थान्तरण गर्नुपर्ने अवस्थामा समेत रहेको उहाँले बताए । यूएनडीपीका कृष्ण प्रसाद भट्टराई विपद सबैका लागि आउने तर सब भन्दा प्रभावित पछाडी परेका समुदाय पदैं गरेको बताए । विपद आएको महिला, बालबालिका तथा अपाङगता भएका व्यक्ति हिंसामा समेत पर्ने गरेको उहाँले बताए । यूएनडीपीका जयन्ती गिरी सिंह यूएनडीपी विभिन्न विपदका बेला महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उहाँले सुपर परियोजना मार्फत विपद जोखिम न्यूनिकरणमा काम गरिरहेको जानकारी दिदै तीन तहका सरकार विच तलमेल गर्दै अगाडी बढन सुझाव दिए । जिल्ला प्रशासन कार्यालय कैलालीका फोकल पर्सन शिवराज जोशी डिओसी आफै अपाङता अवस्थामा रहेको बताए । उहाँले भने, हामीले विपदमा धेरै काम गर्न सक्दैनौ हामीसँग जनशक्ति पनि हुदैन ।

    विपदका बेला मानविय सहायता र आर्थिक चाहिन्छ तर हामीले त्यसको लागि अरुसंँग भन्नु पर्ने हुन्छ । ओरेक नेपालका जिल्ला संयोजक विनु राना विपदमा आफूहरुले स्नेहा केन्द्र स्थापना गरेर सुत्कोरी महिलाहरुलाई सेवा दिएको जानकारी गराए । सामाजिक विकासका लागि सचेत समाजका अध्यक्ष बलबहादुर शिलाधर विपदमा परेका समुदाय नदि किनार, बन जंगलको छेउछाउमा गएर बस्न बाध्य भएको बताए । कार्यक्रममा डिआर आर का फोकल मोइल लक्ष्मीप्रसाद जोशी विपदका क्षेत्रमा काम गर्ने सरोकारवाला एक ठाउँमा आएर त्यसको समस्याको समाधान खोजेर अगाडी वढना जरुरी रहेको बताए । कार्यक्रमा पत्रकार कर्ण शाह, लुथरन विश्वफेडरेशनका चेतमान साउँद, कैलाली उद्योग वाणिज्य संघका गोमा आचार्य लगायतले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यका स्थानीयकरणका लागि बहुसरोकारवाला निकायविच छलफल जारी राख्नु पर्ने लगायत सुझाव दिएका छन ।

    निडस नेपालका अध्यक्ष दुर्गा खरेलाको अध्यक्षतामा भएको कार्यक्रममा सहजीकरण निडस नेपालका कार्यक्रम संयोजक विनोदसिंह कडाराले गरेका थिए । कार्यक्रममा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यका स्थानीयकरणका लागि बहुसरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button