Above Article Ad
  • बेलडाँडीका भैसीपालक किसान राना हत्याको ४ महिनासम्म अपराधी पत्ता नलागेपछि स्थानीयद्वारा प्रहरीमा धर्ना

    Above Article Content Ad
  • बेलडाँडी । बेलडाँडी गाउँपालिका–३ कमरीका भैसीपालक किसान हरकिशन राना जलेको अवस्थामा मृत फेला परेको घटना चार महिना पुग्न लाग्दा समेत दोषी पहिचान र ठोस अनुसन्धानको अभावमा मृतक परिवार तथा स्थानीयवासी आक्रोशित बनेका छन्। शुक्रबार इलाका प्रहरी कार्यालय बेलडाँडीमा पीडित परिवार, आफन्त तथा गाउँलेहरुले निष्पक्ष अनुसन्धानको माग गर्दै शंका गरिएको ब्याक्तिलाई प्रहरी हिरातमा राखेर अनुसन्धान नगरिएको भन्दै धर्ना दिएका छन्।

    गत वैशाख ९ गते एकाविहानै बेलौरी नगरपालिका–१०, शिवनगरस्थित निर्मल आर्यघाट नजिकै राना मोटरसाइकलसहित जलेको अवस्थामा भेटिएका थिए। सुरुवाती चरणमै प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली खटिए पनि अहिलेसम्म घटनाबारे स्पष्ट नभएपछि उनीहरु धर्नामा बस्न बाध्य भएको बताएका छन् । २,४ दिन भित्र प्रहरी निष्कर्षमा नपुगे लगातार धर्ना, विरोधका कार्यक्रम गर्ने जनाइएको छ ।

    Article inline ad #1
  • शंका गरिएका व्यक्तिहरूमाथि अनुसन्धान नगर्नु, पीडित परिवारका भनाइ बेवास्ता गर्नु, र राजनीतिक पहुँचका कारण अनुसन्धान प्रभावित भएको आरोप आमजनतामाझ गहिरिँदै गएको छ। स्थानीयवासीका अनुसार बैशाख ८ गते राति करिब २–३ बजेतिर कहिल्यै नआउने प्रहरी टोली कमरी गाउँमा पुगेर विवाहमा बजिरहेको डीजे बन्द गर्न आग्रह गरे । सोही समयमा पहाडी समुदायका केही युवकहरू सोही समारोहमा प्रहरी संगसंगै “खाना देऊ” भन्दै पुगेको घटनालाई पनि शंकाको दृष्टिले हेरिएको छ ।

    Article inline ad #2

    सोही गतिविधिको भोलिपल्ट बिहान हरकिशनको जलेको शव फेला पर्यो । प्रहरी स्रोतले समेत यो घटना ’रहस्यमय’ रहेको संकेत गरे पनि अहिलेसम्म दोषी पहिचानमा प्रगति भएको छैन । अहिले सम्म १ सय जना व्यक्तिसँग सोधपुछ भइसकेको प्रहरीले जनाएको छ तर थुनावमा राखेर कसैलाई अनुसन्धान गरिएको छैन ।

    केही समयअघि सुदूरपश्चिम प्रदेश सरकारले भैसीपालक किसान समूहका लागि पठाएको ४० लाख रुपैयाँ अनुदानमा विवाद देखिएको थियो । सोही अनुदान अन्तर्गत आउने रकम मध्ये १२ लाखको चेक हाकिमलाई मिलाउनका लागि र ४ लाख नगद बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले ’बहिनी सम्झेर’ मागेको आरोप किसान समूहले सार्वजनिक गरेका थिए । यस विषयमा दुईपटक पत्रकार सम्मेलन समेत गरिएको थियो ।

    मृतक हरकिशन रानाले सो विवादमा आफूलाई धम्की आएको स्पष्ट रूपमा सार्वजनिक गर्दै आएका थिए । समूहले आरोप लगाएअनुसार उपाध्यक्ष नाथले लिएको १२ लाख रुपैयाँको चेक बेनामी भएको आरोप थियो । पछि त्यो चेक भीमदत्त नगरपालिका मटेना स्थित इन्द्रा नाथ नामकी महिलाको नाममा काटेको भेटियो । इन्द्राले भनिन् कि आफूले हरकिशनलाई चिनेकी पनि थिइनन्, तर बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथको दबाबमा आफुलाई प्राप्त चेक साट्न खोजेकी थिइन् । उक्त चेक भएको खातामा पैसा भेटिएन त्यसपछि उपाध्यक्ष नाथकै दवामा चेक बाउन्स गरेकी थिइन्, तर पछि पश्चाताप गर्दै सो कदम जानाजानी नभएको भन्दै उनले माफी मागेकी थिइन् ।

    उनले थप भनिन् – “नाथको बारम्बारको दबाबले गर्दा आफुलाई प्राप्त चेक बाउन्स गराएँ तर केही दिनमै अपराधबोध भयो । त्यसैले बैंकलाई पत्र लेखेर चेक बाउन्स नगरिदिन भनेकी थिएँ ।” चेक बाउन्स नहुने भयो भनेर बैंकबाट हरकिशनलाई फोन आउदा राना यो के हुदैछ भनेर अचम्मित बनेका थिए ।

    इन्द्राको रोदनसहितको अडियो र माफी माग्दै बोलेका संवादहरू अहिले पनि सुरक्षित छन्, जसले उक्त अनुदान प्रकरणमा राजनीतिक चलखेल र दबाबको स्पष्ट संकेत दिन्छ ।

    १२ लाखको चेक लुकाउन र उल्टै रानालाई बदनाम गर्न ‘नक्कली मामा’ लाई उपाध्यक्ष शान्ति नाथले गरेको पत्रकार सम्मेलनमा सहभागि गराएका थिए । उक्त प्रेसमिटमै नक्कली मामाले मेरो भान्जीबाट पटकपटक रानाले कर्ज लिएको भनेका थिए । ती ‘मामा’ले हरकिशनकै घर पुगेर “गल्ती तिम्रो पनि हो, उपाध्यक्षलाई मिलाउने जिम्मा मेरो” भन्ने अडियोसमेत बाहिरिएको थियो अझै त्यो अडियो मिडियालाई सुरक्षित छ ।

    मिडियामा सुरक्षित रहेको अडियोअनुसार, इन्द्राले आँसु झार्दै ‘गल्ती बाध्यतावश’ भएको बताएकी थिइन् । यसैबीच ‘नक्कली मामा’ बनेर हरकिशनमाथि बारम्बार ऋण लगाएको आरोपसमेत सार्वजनिक भएको थियो । ती व्यक्तिले नै शान्ति नाथसँग मिल्न र चेक प्रकरण घटनालाई दबाउन दबाब दिएको अडियो प्रमाण सुरक्षित छ ।

    १२ लाखको चेक विषयमा बेलडाँडीका एमाले सहित ५ राजनितिक दल र स्थानीय बासिन्दाहरुले गाउँपालिका उपाध्यक्ष नाथलाई पालिका प्रवेश समेत निशेध गरे । केहि दिन उनलाई पालिका जान दिइएन् । लगातार ५, ७ दिनको आन्दोलन पछि आन्दोलनलाई राजनितिक करण गरि प्रमाण खोज्ने बिषयमा पछि आन्दोलन गर्ने गरि आन्दोलन दलहरुले स्थगितको घोषणा गरे सो स्थगित अझै सम्म रहेको छ । यता नेपाली काँग्रेसले १२ लाखको चेक कसको थियो के परियोजनमा आएको थियो भन्ने विषयमा ३ सदस्यीय छानवीन समिति बनायो, छानवीन समितले प्रतिवेदन तयार गर्यो तर त्यो प्रतिवेदन राजनितिक कारण सार्वजनिक गर्न दिइएन । यसले प्रष्ट के हुन्छ भने त्यति बेला देखिनै हरकिशनको न्याय लुटिदै आएको थियो ।

    हरकिशनको रहस्यम मृत्युलाई लिएर परिवारले बारम्बार न्यायको माग गर्दै आएका छन् । प्रहरी प्रशासनले अनुदान विवाद जस्तो संवेदनशील विषयको अनुसन्धान नगरेको, प्रमाणहरू संकलनमा चासो नदेखाएको र पीडितका आफन्तहरूलाई अनावश्यक दुःख दिएको आरोप परिवारले लगाउँदै आएका थिए ।

    यता प्रहरी कार्यालयले गहिरो अनुसन्धान भइरहेको जनाएको छ । अहिले पनि घटना समाप्त भएको भन्ने छैन्, प्रहरी अनुसन्धानमै रहेको जनाएको छ ।

    हरकिशन राना मेहनती, आत्मनिर्भर जनजाति समुदायका युवाशक्ति थिए । उनले देशमै बसेर केही गर्नुपर्छ भन्ने सपना देखेका थिए । यस्तो मान्छेको रहस्यमय मृत्यु भएपछि धेरैले स्वदेशमै केही गर्न नपाइने हो कि भन्ने निराशा व्यक्त गरेका छन् । “देशमै केही गरेर खान खोज्दा मृत्युको रहस्यमा गाडिनुपर्ने ? अब त विदेशिनु नै ठीक हो जस्तो लाग्छ,“ एक गाउँले युवा भन्छन् ।

    हरकिशन रानाको मृत्यु रहस्य अझै उस्तै रहँदा पीडित परिवार, गाउँले र नागरिक समाज न्यायको पर्खाइमा छन् । अनुसन्धान यथाशीघ्र पारदर्शी र निष्पक्ष ढंगले अघि बढाइयोस् भन्ने आग्रह समाजभरबाट उठिरहेको छ । अनुसन्धानलाई राजनीतिक प्रभावबाट टाढा राख्दै सत्यतथ्य सार्वजनिक गर्न प्रहरी प्रशासनलाई दबाब बढ्दो छ ।

    यो केवल एउटा व्यक्तिको मृत्यु मात्र होइन, यो स्वदेशमै श्रम गरेर बाँच्न खोज्ने मान्छेको सपनाको हत्या पनि हो । राज्य संयन्त्र, राजनीतिक नेतृत्व र अनुसन्धान संयन्त्रले अब ढिलो नगरी सत्य बाहिर ल्याउने जिम्मेवारी पूरा गर्नुपर्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by