Above Article Ad
  • कञ्चनपुर १ मा नेपाली काँग्रेसबाट संघिय साँसदमा नेता बिष्ट सर्व सम्मत

    Above Article Content Ad
  • कञ्चनपुर
    आसन्न संघिय साँसद पदका लागि कञ्चनपुर १ बाट संघिय साँसदका लागि नेपाली काँग्रेसले संविधानसभा सदस्य नेता दिवानसिह बिष्ट सर्व सम्मत भएका छन् ।
    मंसिर ४ मा हुने निर्वाचनमा संघिय साँसद पदका लागि संविधानसभा सदस्य दिवान बिष्टलाई सर्व सम्मत सिफारिस गरिए नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश ख का सभापति चेतन राइले बताए ।

    त्यसै गरि प्रदेश ख समितिले प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय , प्रदेश ख का सभापती चेतन कुमार राई , महाधिवेशन प्रतिनिधि जनक सिंह धामी , क्षेत्रीय सचिव विश्राम राना र रामकृष्ण रानाको नाम सिफारिश गरिएको प्रदेश ख का सचिव दिनेश कुँवरले बताए ।

    Article inline ad #1
  • समानुपातिक सुचीमा कृष्ण बहादुर दमाई , चन्द्रबहादुर सिंह , दानबहादुर पाण्डे , प्रकाशराज पन्त , राधिका देवि जोशी , लालबहादुर रावत , शेरसिंह टेर र सगुना रानालाई सिफारिश गरिएको छ ।

    Article inline ad #2
  • कञ्चनपुर १ को क बाट संविधान सभा सदस्य बिष्टलाई संघिय साँसदमा सर्व सम्मत सिफारिस गरिएको प्रदेश क का सभापति मानबहादुर रोकायाले बताए । प्रदेश तर्फका उम्मेदवारहरुको नाम अन्तिम नभई सकेको उनले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button