Above Article Ad
  • डिडिसिले दूधको भुक्तानी रोकेपछि दुग्ध सहकारीद्वारा कैलालीका सिडिओलाई ज्ञापनपत्र

    Above Article Content Ad
  • दुग्ध विकास संस्थान धनगढी, दुग्ध वितरण आयोजना अत्तरिया लाई स्थापनाकाल देखि नै विभिन्न समय अवधिबाट उधारोमा दूध बिक्री गरिरहेको र हालसम्म पनि दूधको रकम भुक्तानी नपाउँदा समस्या सिर्जना भएको शिवशक्ति दुग्ध सहकारी संस्थाका व्यवस्थापक पुष्पराज ओझाले बताउनुभयो । २०८१ माग देखिको रकम भुक्तानी प्राप्त नहुँदा तरलताको अभाव, सदस्य कृषकहरूलाई दूधको रकम भुक्तानी दिन नसक्दा समस्या झेल्नुपरेको उहाँले बताउनुभयो । २०८१ माघदेखिको रकम अहिलेसम्म पनि प्राप्त गर्न नसकेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको पुनर्वास सहकारी संस्थाका व्यवस्थापक एक कुमार श्रेष्ठले दुखेसो व्यक्त गर्नुभयो। उहाँले पटकपटक दुग्ध विकास संस्थान र वितरण आयोजनालाई रकम भुक्तानी गरिदिन आग्रह गर्दा विभिन्न आन्तरिक समस्या देखाउँदै पन्छी रहेको उहाँ बताउनुहुन्छ ।

    Article inline ad #1
  • Article inline ad #2

    अब छिट्टै नै सुदूरपश्चिम प्रदेशमा सञ्चालित दुग्ध उत्पादक सहकारी संस्थाहरूको प्रदेश स्तरीय समिति बनाई अहिले देखिएका समस्या समाधान नभए आन्दोलन गर्ने केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक सदस्य तथा राष्टिय दुग्ध विकास वोर्डका कार्यकारी समिति सदस्य भरत बिष्टले बताउनुभयो ।

    अहिले प्रशासनिक एवं आर्थिक कक्षा बन्दको कारणले भुक्तानी दिन नसकेको दुग्ध विकास संस्थानले जनाएको छ। लामो समयदेखि दूध बिक्रीको बक्यौता रकम भुक्तानीको व्यवस्थापनका लागि पहल गरिदिनुहुन दुग्ध उत्पादक सहकारी संस्थाहरूले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

    ज्ञापनपत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले छिट्टै समाधान खोज्ने र किसानलाई रोकेको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by