
पुनर्वासमा एक दम्पती मृत फेला
Above Article Content Ad
धनगढी । कञ्चनपुरको पुनर्वासका एक दम्पती मृत अवस्थामा फेला परेका छन्। पुनर्वास-९ “ख” गाउँ डब्बा कोलनी बस्दै आएको ६८ वर्षीय सबराम भुल र ६६ वर्षीय गंगादेबि भुलको जनजागरण सामुदायिक वन क्षेत्र भित्र झुन्डिएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक झलक शर्माका अनुसार यहीँ बैशाख ११ गते घरमा विवाद भएपछि दम्पतीले घर छोडेका थिए । ससुराली जान्छु भन्दै ११ गते घरबाट निस्किएका उनीहरू घर नफर्किएपछि १२ गते परिवारका सदस्यले हराएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए।
११ गते बेपत्ता भएका दम्पतीको १५ गते शव फेला परेको हो । नजिकै को फरक फरक रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै साइकल पनि फेला परेको छ। साइकलमा दुवै जना सँगै आएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad