
बेलौरीको शोभातालमा लघुवित्त कर्मचारी मञ्च कंचनपुरको बनभोज
बेलौरी- कंचनपुरको बेलौरीमा अवस्थित शोभाताल बनभोज तथा सभा गोष्ठीका लागि उपयुक्त स्थानका रुपमा परिचित हुन थालेको छ ।
दैनिकै विभिन्न व्यक्तिहरु बर्थ डे तथा बनभोजका लागि आउने गरेपनि शनिबार लघुवित्त कर्मचारी मञ्च कंचनपुरको टिमले बनभोज कार्यक्रम बेलौरीको शोभातालमा आयोजना गरेको हो ।
तालको प्रवर्द्धनका लागि प्रचारप्रसारसंगै साथीहरुसंगको आत्मीयतालाई थप प्रगाढ बनाउने उद्देश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष तथा नाडेप लघुवित्त बेलौरीका प्रबन्धक दिर्घराज खनालले जानकारी दिए ।
मञ्चका सचीव ध्रुबराज देवकोटाले मित्रता र मितव्ययिता कायम राख्न मात्रै नभइ पर्यटकीय क्षेत्रलाई चिनाउनका लागि यस्ता पर्यटकीय क्षेत्रमा कार्यक्रम गरिएको बताए ।
त्यसैगरी जिल्ला सदस्य तथा हिमालयन लघुबित्त गुलरीयाका प्रबन्धक पुष्पराज जोशीले यस्ता कार्यक्रमले आत्मीयतासंगै पिडाहरुको समेत साटासाट गर्न पाँउदा काम गर्न उर्जा थपिने बताए ।
त्यस्तै जाल्पा लघुवित्त बेदकोटकी प्रबन्धक कोपिला बस्नेतले पहिला भन्दा अहिले लघुवित्तका कर्मचारीहरुको समन्वय भएको देख्दा आफुलाई खुशी लागेको बताईन ।
घैटो फुटाई आयोजना समेत गरिएको बनभोज कार्यक्रममा कंचनपुर भित्रका सबै लघुवित्तका शाखा प्रबन्धक तथा कर्मचारीहरुको बाक्लो सहभागिता रहेको थियो ।
सुन्दर,रमणीय, र पर्याप्त खुल्ला क्षेत्र भएका कारण पनि शोभाताल स्थानीय तथा बाह्य पर्यटनको रोजाईमा बन्न पुगेको छ ।