Above Article Ad
  • कोरियोग्राफर अवस्थीले जन्मदिनको अवसरमा डान्स क्लबमै रक्तदान

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वासमा लामो समयदेखि नृत्य प्रशिक्षण गराउदै आउनुभएका कोरियोग्राफर सन्तोेष अवस्थीले आफ्नो र आमाको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्नुभएको छ ।
    शनिबार अवस्थीको ३९ औं जन्मोत्सवको अवसरमा पुनर्वास–३, आई.बी.आर.डी. मा अवस्थित द फन्की डान्स एण्ड जुम्बा स्टुडियोद्वारा आयोजना तथा रक्तसञ्चार केन्द्र धनगढीको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

    रक्तदान कार्यक्रममा दश जना पुरुष र चार जना महिला गरी चौध जनाले रगत दान गरेको कोरियोग्राफर अवस्थीले जानकारी दिनुभयो ।
    कुनैपनि डान्स क्लबहरुबाट अहिले सम्म रक्तदान कार्यक्रम आयोजना नभएको यो पहिलो कार्यक्रम भएको कोरियोग्राफर अवस्थीले बताउनुभयो ।

    Article inline ad #1
  • समय समयमा रक्तदान गर्नु स्वास्थ्यका लागि निकै लाभदायक भएपनि पुनर्वासमा रगतदान गर्न अहिले पनि पछाडी सर्ने गरेको अवस्थीको भनाई छ ।No description available.

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by