
कैलाली-कञ्चनपुरका २२ उपप्रमुख सञ्जाल अन्तरक्रिया पुनर्वास मा सम्पन्न
धनबहादुर बिक/ पुनर्वास
स्थानीय तहमा उपप्रमुखका समस्या सहज रूपमा सम्पादन गराउन साझा अभ्यास समूह बिषयक एकदिने अन्तर्क्रिया कार्यक्रम पुनर्वास नगरपालिका मा सम्पन्न गरिएको छ । आयोजक प्रादेशीक सुशासन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजना तथा पुनर्वास नगरपालिका सहआयोजक रहेको कार्यक्रममा प्राविधिक सहयोग सुशासन का लागि क्षमता विकास कार्यक्रम(CDSOH) काठमाण्डौले गरेको थियोे ।
कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै सुशासनका लागि क्षमता विकास केन्द्र सुदूरपश्चिम प्रदेश संयोजक पशुपति नाथ झाले पालिका हरूमा मेयर उपमेर , अध्यक्ष उपाध्यक्ष बिचको सम्बन्ध लाई नजिक बनाउने स्थानीय तहमा हुने विकास का कार्यक्रम मा समान सहभनगिता का लागि पहल गर्ने तथा उप प्रमुख हरू बिच हुने विभिन्न अनुभव साटासाट गर्ने र उप प्रमुखले गर्नुपर्ने जिम्मेवारी सम्पादनमा सहजता ल्याउने कार्यक्रम को मुख्य उदेश्य रहेको कुरा उल्लेख गरेका थिए ।
अनुभव साटासाट गर्दै गर्दा कुनै जटिल समस्या आईपरेमा स्थानीय तह कार्य सम्पादन संग सम्बन्धित बिज्ञ बोलाई परामर्श सेयर गराउने समेत कार्यक्रम को उदेश्य रहेको संयोजक झा ले बताए । यसैबीच नेपालगन्ज उपमहानगरपालिका पुर्व उप प्रमुख उमा थापामगर ले स्थानीय तहमा उप प्रमुख का समस्या र चुनौती का बिषयमा आफुले भोगेका समस्या हरू संग सम्बन्धित सहजीकरण गर्नुभएको थियो । सो अवसरमा कैलाली कञ्चनपुर का २२ वटा स्थानीय तहका उप प्रमुख हरूले आआफ्नो अनुभव हरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बेलडाँडी गाउपालिका उपाध्यक्ष शान्ति नाथले लामोसमय जनताकै सेवामा आफुलाई समर्पित गर्दै आाएको र जनताले अमुल्य अभिमत दिएर निर्वाचित गरेपछि थप जिम्मेवारी का साथ जनताकै पक्षमा सक्रिय हुँदै आएको बताईन । कार्यक्रम गर्दा मेयर उपमेयर , अध्यक्ष उपाध्यक्ष लाई एकैठाउमा सहभागी गराउन सकिएमा स्थानीय सरकार सञ्चालनमा अझ सहज हुने कुरा नाथ ले सुझाव दिईन ।
पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी रानाले स्थानीय तहमा हुने हरेक कार्यक्रम हरू स्थानीय तहले सम्पादन गर्ने हरेक बिषय हरू खुला रूपमा सबैलाई जानकारी हुनुपर्ने बताउनुभयो । पाँच बर्ष भित्र कसरी जनताका पक्षमा काम गर्न सकिन्छ हाम्रो त्यो प्रकारको दृष्टिकोण हुनुपर्छ उप प्रमुख रानाले आफ्नो धारणा व्यक्त गर्नुभयो । आफ्नो अधिकार क्षेत्रलाई ध्यान दिएर स्थानीय सरकार सन्चालन ऐनले दिएको अधिकारको सदुपयोग गरि काम गर्यो भने काम गर्न बढी सहज हुन्छ रानाले बताउनुभयो ।
सो अवसरमा उप प्रमुख भुलिया कुमारी रानाले पुनर्वास नगरपालिका लाई परिचित गराउने विभिन्न चित्रण सहित को तस्वीर रहेको मायाको चिनो कार्यक्रममा सहभागी पालिका उप प्रमुखलाई भेट स्वरूप प्रदान गर्नुभएको थियो । कार्यक्रममा कैलाली कञ्चनपुर उप प्रमुखको नेटवर्क सञ्जाल गठन गरि प्रत्येक महिनामा २२ वटै पालिका मा सञ्जालको साझा अभ्यास कार्यक्रम को आयोजना गरिने निर्णय समेत पारित गरिएको छ । माघको अन्तिम साता बेलडाडी गाउपालिका र फागुनको अन्तिम साता बेलौरी नगरपालिका मा उक्त कार्यक्रम गरिने उप प्रमुख सञ्जालले जनाएको छ ।