Above Article Ad
  • पुनर्वासमा २९ औ विश्व आदिवासी दिवस मनाईयो

    Above Article Content Ad
  • पुनर्वास/ कञ्चनपुरको पुनर्वास नगरपालिकाको नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदले २९ औ विश्व आदिवासी दिवस मनाएको छ ।

    “आत्मनिर्णयका लागि परिवर्तनको संवाहक आदिवासी युवा” भन्ने मुल नारा सहित बुधबार पुनर्वास नगरपालिका ४ स्थित मञ्जुश्री गुम्बामा एक भव्य समारोहका बीच २९ औ विश्व आदिवासी दिवस मनाएको हो ।

    Article inline ad #1
  • जनजाती महासंघ पुनर्वासका अध्यक्ष धोखे रानाको सभापतित्व तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको बिशिष्ट अतिथीमा तामाङ समुदायका बयोबृद्ध चित्र बहादुर तामाङ र पुर्व नगर प्रमुख जिवनराज थापा रहेका थिए । त्यस्तै विभिन्न व्यक्तिहरुको आतिथ्यता थियो ।

    Article inline ad #2

    कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले लोप हुँदै गईरहेको भाषा भेषभुषाको संरक्षण गर्ने उद्धेश्यले जनजातीको बाहुल्यता भएको क्षेत्रका बिधालयमा स्थानीय पाठ्यक्रममा समावेश गर्ने बताए ।

    कार्यक्रममा नेपाल मगर संघ, नेपाल माझी समाज, भुजेल समाज, नेवाः देय दबू, रानाथारू उत्थान समन्वय मञ्च, नेपाल तामाङ घेदुङ र थारू कल्याणकारीणी सभाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । रूकमाया भुजेलको स्वागत मन्तव्यसँगै सुरु गरिएको कार्यक्रमको सञ्चालन जनजाती संघ पुनर्वासकी उपाध्यक्ष पुर्णाकुमारी गुरुङले गरेकी थिईन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button