Above Article Ad
  • १० बुँदे प्रतिबद्धता पत्र जारी गर्दै दोस्रो कञ्चनपुर सम्मेलन पुनर्वासमा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास – सुरक्षित र दिगो विकासका लागि उत्थानशिल पालिका मञ्च दोस्रो कञ्चनपुर सम्मेलन बुधबार पुनर्वास नगरपालिका मा सम्पन्न भएको छ । सम्मेलनले दिगो विकासका लागि १० बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ
    सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च
    कञ्चनपुर सम्मेलन- २०७९ को साझा प्रतिबद्धता घोषणा-पत्र
    मा भनिएको संक्षिप्त बिबरण बढ्दो शहरीकरण अव्यवस्थित बसोवास, खुल्ला ठाउंहरुको अतिक्रमण संगै शहरी क्षेत्रको विपद् रु जोखिमको सम्भावना बढेको छ । यसका साथै बदलिदो जलवायु जलवायुजन्य विपद्का घटनामा आएको तीव्रता समुदायका जोखिमलाई बढाउनको साथै दिगो विकासलाई समेत प्रभावित गरेको छ अतः जलवायु परिवर्तनको असरबाट जोगिन विपदको जोखिमलाई न्यूनीकरण र व्यवस्थापन गर्ने ठोस तथा प्रभावकारी कदम चाल्नु अत्यन्त जरुरी छ । यसै विषयलाई मध्यनजर गर्दै कञ्चनपुर जिल्लाका सबै पालिकाहरूको अगुवाइमा मिति २०७० साउन १७ गते तदनुसार डिसेम्बर ३, २०२२ का दिन दोस्रो कञ्चनपुर सम्मेलन- २०७९ को सफलता पूर्वक आयोजना गरियो । यस सम्मेलन मार्फत सुरक्षित र दिगो विकासका लागि १० बुँदे प्रतिबद्धता पत्र जारी गरेका छौ ।
    १. जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय, अन्तराष्ट्रिय नीति योजना तथा कार्यक्रमहरुलाई स्थानीयकरण र कार्यान्वयन गर्ने । २. विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि सबै पालिकाहरुले विपद जोखिम कित्त व्यवस्थापन तथा सञ्चालन कार्यविधि तर्जुमा गर्ने, ३. जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायको विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरण गर्ने विपद् तथा जलवायु संवेदनशिल भू-उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गरी उत्थानशील र दिगो बसोवासलाई प्रवर्धन गर्ने । ४. विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली तथा प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना सन्चालन र सातमा समुदायको पहुँच अभिवृद्धि गर्ने । ५. सामुदायिक विपद व्यवस्थापन समितिहरुको क्षमता अभिवृद्धि गरी प्रभावकारी रुपमा परिचालन गर्ने ।
    ६. जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी जिल्ला तथा स्थानिय स्तरको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पाठ्यक्रममा उक्त विषय समावेश गर्ने ।
    ७. स्थानीय विकासका योजनाहरु निर्माण तथा कार्यान्वयनको क्रममा जैहिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिने, ८. विपद जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि प्रकृतिमा आधारित समाधानका उपायहरुलाई प्रवद्धन गर्ने ।
    ९. कञ्चनपुर जिल्ला स्थित गाउँपालिका तथा नगरपालिकाहरुले यो उत्थानशील कार्यमञ्च मार्फत पारस्परिक समन्वय र सहकार्य गरी विपद तथा जलवायु उत्थानशील समाजको निर्माण गर्ने ।
    १०. यो उत्याशिल मञ्च माफलगरिएका घोषणाको कार्य प्रगति नियमित अनुगमन तथा समिक्षाको लागि जिल्ला समन्वय समिति र जिल्ला विपद व्यवस्थापन समिति संग आवश्यक सहकार्य गर्ने ।
    पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अथिति सुदूरपश्चिम माननीय प्रदेश प्रमुख देवराज जोशी, बिशिस्ट अतिथि माननीय प्रतिनिधी सभा सदस्य तारालामा तामाङ , माननीय प्रदेश सभा सदस्य वीर बहादुर थापा , कञ्चनपुर प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल रहनुभएको थियो ।
    अतिथिहरूमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख , धनगढी उपमहानगर पालिकाका नगर उप प्रमुख , कञ्चपुर जिल्लाका सम्पूर्ण नगरपालिका नगर प्रमुख तथा उप प्रमुख
    नेपाल विज्ञान तथा प्रविधी प्रतिस्ठान का पूर्व उपकुलपति
    पुनर्वास नगरपालिका का ११ वटै वडा अध्यक्ष , कार्यपालिका सदस्य , सुरक्षाकर्मी , रेडक्रस प्रतिनिधि , नागरिक समाज , कैलाली कञ्चनपुर का पत्रकार लगायतको सहभागिता रहेको थियो ।
    पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी रानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन प्रशासकीय अधिकृत शंकर बोगटीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by