Above Article Ad
  • महाकाली राजमार्ग अवरुद्ध

    Above Article Content Ad
  • बैतडी- वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए।

    उनले भने “वर्षापछि सडक माथिबाट ठूलो पहिरो खसेको छ। सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध छ।” राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौँका साथै सदरमुकामसँगको सडक सम्बन्ध टुटेको छ। यात्रुहरु बीच बाटोमै रोकिएका छन।यसैबीच अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ। खोड्पे–बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सञ्चालन आएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6