
नवनिर्वाचित सांसदलाई पुनर्वास नगरपालिका द्वारा बधाई तथा सम्मान
पुनर्वास । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई पुनर्वास नगरपालिकाले बधाई तथा सम्मान गरेकाे छ । साेमवार अाैपचारिक कार्यक्रम गरी सम्मान कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।
पुनर्वास नगरपालिकाका नगरप्रमुख ताेय प्रसाद शर्मा, उपप्रमुख भुलिया कुमारी राना र प्रमुख प्रशासकीय अधिकृत गणेश सिँह ऐरले सँयुक्त रुपमा माला र खादा अाेढाइ बधाई तथा सम्मान गरेका थिए ।
कार्यक्रममा बाेल्दै प्रदेश सभा सदस्य बिर बहादुर थापाले पुनर्वास नगरपालिकाका जनताकाे अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भयाे । अाफु अब कुनै पार्टीकाे मात्र प्रतिनिधि नभई अाम जनताकाे साझा प्रतिनिधि रहेकाले कसैलाई भेदभाव नगरी समग्र विकासमा जुट्ने बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै अर्का प्रदेश सभा सदस्य दिवान सिँह बिष्टले पार्टी फरक भए पनि मिलेर बिकास गर्नु पर्ने बताउनु भयाे । पुनर्वास नगरपालिकाका जनताकाे अाफु साझा प्रतिनिधि रहेकाले जस्ताे सुकै अबस्थामा पनि सहयाेग गर्न पछाडि नहट्ने बताउनु भयाे । यस क्षेत्रका लागि बिभिन्न मन्त्रालय मार्फत बजेट छुट्याउन लगाउने र संघिय मन्त्रालय मार्फत काम नगर्ने ठेकेदारलाई कार्बाही । सिमानाका ब्यवस्थित बनाउन सिमानामा पिल्लर राख्ने काम गर्न पहल गर्ने अब्यवस्थित बसाेबासी र सुकुम्बासी लाई छिटाे भन्दा छिटाे लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयाे । काेल्ड स्टाेर निर्माण द्रुतगतिमा काम गर्ने समेत बताउनु भयाे ।
त्यसैगरी कार्यक्रममा सम्बाेधन गर्दै प्रतिनिधि सभा सदस्य तारालामा तामाङ्गले हिजाेकाे दिनमा कुनै पार्टि बिषेशकाे भएता पनि अब निर्वाचित भईसके पछि सबैकाे प्रतिनिधि रहेकाले सबैले साथ सहयाेग गर्नु पर्ने बताउनु भयाे । कसैलाई असफल बनाउन नलाग्न सबैमा अाग्रह समेत गर्नु भयाे । मिलेर काम गर्दा मात्रै सफलता पाईने भएकाले मिलेर जानुकाे बिकल्प नरहेकाे बताउनु भयाे । कसै माथि शासन गर्नका लागि नभई जनताकाे सेवक भएर काम गर्नलाई प्रतिनिधि बनेकाे बताउनु भयाे । पुनर्वासमा विकासकाे सम्भावना बढी रहेकाले भाैतिक विकास लाई प्राथमिकता दिनु पर्नु बताउनु भयाे । किसानलाई कृषी पेशामा अात्मनिर्भर बनाउन कृषी सिँचाईलाई पहिलाे प्राथमिकता दिएकाे तारालामा तामाङ्गले बताउनु भयाे ।
स्थानिय, प्रदेश र संघिय सरकारका प्रतिनिधि पुनर्वासकै भएकाले सबैले हातेमालाे गर्दै विकासका काम गर्न अाफु प्रतिबद्ध रहेकाे नगरप्रमुख ताेय प्रसाद शर्माले बताउनु भयाे ।
पुनर्वास नगरपालिकाका नगरप्रमुख ताेय प्रसाद शर्मा, उपप्रमुख भुलिया कुमारी राना र प्रमुख प्रशासकीय अधिकृत गणेश सिँह ऐरले सँयुक्त रुपमा माला र खादा अाेढाइ बधाई तथा सम्मान गरेका थिए । सम्मान कार्यक्रममा महिला स्वयंमसेविका, जनप्रतिनिधि तथा पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।