Above Article Ad
  • पुनर्वासमा १९ औं महिला सामुदायिक स्वयंसेविका दिवस मनाईयो

    Above Article Content Ad
  • पुनर्वास – “महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्द्धनमा हाम्रो ऎक्यवद्धता” भन्ने नारा सहित कंचनपुरको पुनर्वासमा १९ औं महिला सामुदायिक स्वयंसेविका दिवस मनाईएको छ ।

    सोमबार पुनर्वास नगरपालिकाको सभाहलमा नगर स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको आयोजना तथा पुनर्वास नगरपालिकाको सहयोगमा १९ औं महिला सामुदायिक स्वयंसेविका दिवस मनाईएको हो।

    Article inline ad #1
  • नगर स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाकी अध्यक्ष सुशीला खत्रीको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नगर उपप्रमुख भुलिया रानाको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रमको अतिथिमा विभिन्न व्यक्तित्वहरु आसिन हुनुहुन्थ्यो ।

    Article inline ad #2

     

    कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख शर्माले महिला स्वयं सेविका नहुन्थ्यो भने स्वास्थ्य क्षेत्र अधुरो हुने कुरालाई प्रष्ट पार्नुभएको थियो । उहाँले सबैप्रति सु-स्वास्थ्यको कामना गर्दै तपाईहरुको सेवा अनुरुप सरकारले मुल्यांकन गर्न नसके पनि आगामी दिनमा सरकार पक्षबाट मुल्यांकन गराउने कुरामा हामी लागिपर्ने बताउनुभयो ।

    त्यस्तै उपप्रमुख भुलिया कुमारी रानाले निर्वाचित पछिको पहिलो चरण भएका कारण केहि कुरामा हामी चुकेका हुन सक्छौ । आगामी दिनहरुमा नगरपालिका यहाँहरुको साथमा रहने भन्दै हजुरहरुको सेवा भाव प्रति उच्च सम्मान समेत प्रकट गर्नुभएको छ ।

    “जति मुल्यांकन गर्न खोजेपनि त्यो सदैब कम हुनेछ , स्वयं सेविकाका पिर मार्काहरु पनि अवगत छन् । “उहाँले भन्नुभयो, “आगामी दिनमा सुधार गर्दै लैजानेछौ ।”
    उहाँले बिदाई हुनुहुने महिला स्वयं सेविकाहरुको उज्ज्वल दिनको कामना व्यक्त गर्नुभएको थियो ।”

    त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऎरीले महिला स्वयं सेविकाहरु स्वास्थ्य क्षेत्रमा विशुद्ध रुपमा काम गरिराख्नु भएको छ । राज्यबाट सेवा सुविधा नपाएपनि समुदायबाट पाएको सम्मानबाटै सन्तुष्टि हुनुहुन्छ । भन्ने कुरालाई जोड दिनुभएको थियो ।

    आगामी दिनमा हाम्रा जनप्रतिनिधिले पनि थप निस्वार्थ सेवामा उर्जावान बनाउन महिला स्वयं सेविकाहरुका लागि केहि राहतका निर्णय गर्नेछन् भन्ने विश्वास लिएको उहाँले बताउनुभयो।

    सभाध्यक्ष खत्रीले रातदिन नभनेर खटिने स्वयं सेविकाहरुको आगामी दिनमा संतोषजनक र उचित मुल्यांकन हुने किसिमले हेरियोस भनि अनुरोध गर्नुभएको थियो ।

    ६० वर्ष उमेर पुगेका ६ जना महिला स्वयं सेविकालाई स-सम्मान ३५ हजार नगद सहित प्रमाणपत्र र दोसल्लाले बिदाई गरिएको थियो ।

    उपाध्यक्ष गंगा थापाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन सचीव मीरा चन्दले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by