Above Article Ad
  • किसानद्वारा भारतीय कुखुरा रोकिदिन प्रशासन र नगरपालिकालाई अनुरोध गर्दै पत्रकार सम्मेलन

    Above Article Content Ad
  • भारतीय खुल्ला सीमा नाकाबाट कुखुराको चोरी पैठारी बढ्न थालेपछि पुनर्वासमा कुखुरा व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन । सम्मेलनमा पुनर्वास- बेलौरीका कुखुरा व्यवसायी तथा सुरक्षा निकायहरुको उपस्थिति रहेको थियोे । पत्रकार सम्मेलनमा भारतबाट आउने अवैध कुखुराका कारण पुनर्वास-बेलौरीका कुखुरा व्यवसायी धराशायी भईरहेकाले यसतर्फ सुरक्षा निकाय र पुनर्वास नगरपालिकाले कडा कदम चाल्न कुखुरा व्यवसायीहरुले माग गरेका थिए ।

    सम्मेलनमा तस्करीलाई नियन्त्रण गर्न सिमानामा रहेका बिओपी क्याम्प तथा ईलाका प्रहरी कार्यालयका तर्फबाट कडाईका साथ नियन्त्रण गर्ने साथै पुनर्वास नगरपालिका भित्र पर्ने बजारमा कुखुरा तथा माछा पसलहरुमा नगरपालिकाद्वारा नियमित रुपमा अनुगमन गरी नियन्त्रण गर्नुपर्ने कुखुरा व्यवसायीहरुले माग राखेका थिए । सुरक्षाकर्मीहरुले आफूहरूले साधन श्रोत र जनशक्तिले भ्याएसम्म अवैध सामान आउन रोकिरहेको बताएका थिए ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले सबैले आआफ्नो तर्फबाट सक्दो प्रयास गरे असम्भव कुनै कुरा नभएको बताउनुभयो । त्यसैगरी ईप्रका त्रिभुवन बस्तीका ईञ्चार्ज नरेश मल्लले सबैको सहयोग पाए तस्करहरुलाई हदैसम्मको कानूनी कार्वाही गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

    Article inline ad #2
  • पुनर्वास नगरपालिकाका भारतीय सिमावर्ति क्षेत्रबाट दैनिक लाखौं मूल्यका अवैध कुखुरा, माछा तथा पेय पदार्थ भित्रीने गरेको छ । तर पुनर्वासका सुरक्षा निकायहरुले प्रभावकारी तरीकाले रोक्न असमर्थ भएका छ्न । स्थानीयले सुरक्षाकर्मी र तस्करको मिलेमतोमा कुखुरा, माछा तथा अवैध सामान भित्रीने गरेको आरोप लगाउँदै आएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button