Above Article Ad
  • पुनर्वासको नवज्योति आमा समूहले गरे जीवन ज्योति माविमा सरसफाइ

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुर को पुनर्वास नगरपालिका ६ मा रहेका आमा समूह ले स्थानीय बिद्यालय मा सरसफाइ गरेका छन ।

    शनिबार पुनर्वास नगरपालिका ६ मा रहेको नवज्योति आमा समुह तथा महिला जागरण चौतारी ले स्थानीय जीवन ज्योति मावि प्राङ्गणमा व्यापक सरसफाइ गरेका हुन ।
    आफ्ना नानी बाबुहरू अध्ययन गर्ने श्री जीवन ज्योति माविमा आमा समुहका करिब ४० जना महिला तथा पुरूषहरूले सरसफाइ गरेका हुन ।

    Article inline ad #1

  • बर्षे बिदाका समयमा बिद्यालय परिसर भित्र अनियन्त्रित रूपमा झाडी जंगल फैलियपछि नानी बाबु हरूलाई जोखिम हुने समस्या समाधान का निमित्त गाउँमा रहेको नवज्योति आमा समूह ले स्वस्फूर्तरूपमा सरसफाइ गरेका थिए ।
    बिद्यालय परिसर सरसफाइ को नेतृत्व समुहका संरक्षक तथा स्थानीय समाजसेवी हरि प्रसाद अधिकारी ले गरेका थिए । उनिहरूले बिद्यालय परिसर संगै बिद्यालय बाहिर सडक छेउ समेत सरसफाइ गरेका छन ।

    Article inline ad #2


    सरसफाइ अभियानमा समुहका ४० जना बढि सहभागी रहेका थिए । जना सहभागी थिए । यस अघि आमा समुह ले बिद्यालय को पश्चिम तर्फको झाडी जंगल सरसफाइ गरेका थिए ।


    आमा समुहले गाउँमा जुनसुकै सामाजिक काम गर्दा सक्रिय रहंदै आएको छ । सामुहिक रूपमा काम गर्दा गाउको सानातिना विकासका कार्य पनि हुने साथै एकआपसमा सुमधुर सम्बन्ध पनि कायम रहने समुहकि अध्यक्ष तथा निर्वाचित वडा सदस्य बिष्नुमाया कोईराला बताउनुहुन्छ ।
    समुहगत रूपमा एकजुट भएर काम गर्दा एकआपसमा एकता साथै हौसला पनि बढ्ने आमा समुहका संरक्षक हरि प्रसाद अधिकारीले जोड दिनुभयो ।


    बिद्यालय जस्तो पवित्र स्थलमा गाउँका आमा समुह ले स्वस्फूर्तरूपमा गरेको सरसफाइ प्रति हर्षित हुँदै बिद्यालय का प्रधानअध्यापक भरत कुमार बस्नेतले धन्यवाद दिनुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by