Above Article Ad
  • गठबन्धनलाई जिताउन नेपाली काङ्ग्रेसको कार्यकर्ता बीच समिक्षा भेला

    Above Article Content Ad
  • पुनर्वास-मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ दलहरूबिच भएको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन कञ्चनपुर १ मा नेपाली काँग्रेसले समिक्षा भेलाको आयोजन सुरु गरेको छ ।

    कञ्चनपुर १ को चुनावी मैदानमा माओवादी केन्द्र र नेपाली काँग्रेस सम्मीलित उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । क्षेत्रबाट गठबन्धनका उम्मेदवारहरूलाई जिताउन नेपाली काँग्रेसले कञ्चनपुर १ का क र ख दुवै प्रदेश समितिका पदाधिकारी र अगुवा कार्यकर्ता बिच भेलाको आयोजना गरेको हो ।

    Article inline ad #1
  • गणतन्त्र र लोकतन्त्रको रक्षार्थ बनेको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचित गराउन प्रदेश स्तरका नेता कार्यकर्ता र अगुवा कार्यकर्ताहरूको भेलाको आयोजना गरिएको कञ्चनपुर १ क का नेपाली काँग्रेसका सभापति मानबहादुर रोकायाले बताए ।

    Article inline ad #2
  • प्रदेश सभा क का सभापति मानबहादुर रोकायाको सभापतित्वमा सुरु भएको भेलाका प्रमुख अतिथि नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार  दिवान सिंह विष्ट रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सदस्य दाउत तामाङ, प्रदेश सभा सदस्य पदका उम्मेदवार बन्धु राना त्यस्तै अतिथीमा क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय आसिन रहेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button