Above Article Ad
  • कैलालीमा काठमाडौंबाट आइरहेकाे बसकाे ठ’क्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

    Above Article Content Ad
  • धनगढी-कैलालीको गौरीगंगा नगरपालिका–२ झिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।

    बुधबार बिहान करिब ९ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ख ३५१८ नम्बरको खप्तड त्रिवेणी यातायातको बसले विपरीत दिशाबाट आउँदै गरेको से ३ प ८१८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
    प्रहरीका अनुसार बस अछामको साँफेबगर नगरपालिका–१० का करिब ३२ वर्षीय प्रदीप बोगटीले चलाएका थिए। मोटरसाइकल चालकको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन।

    Article inline ad #1
  • दुर्घटनामा घाइते मोटरसाइकल चालकको टाउको तथा हातखुट्टामा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको छ।
    दुर्घटनापछि बस र चालकलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब डेढ किलोमिटर पश्चिममा पर्छ।
    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6