Above Article Ad
  • नवलपुरमाअचेत भेटिएका दुई महिलाको अस्पतालमा मृत्यु

    Above Article Content Ad
  • पोखरा –नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

    गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित अकलामाई मन्दिर नजिकै चौरमा उनीहरू अचेत भेटिएका थिए । पूर्व–पश्चिम राजमार्गको बायाँ साइडमा फेला परेका दुवै जनालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल भेडाबारी पठाएको प्रहरीले जनाएको छ । अस्पताल पुर्‍याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिए ।

    उनका अनुसार, मृत्यु हुनेमा बागलुङको जैमिनी ९ घर भई हाल गैँडाकोट १२ हर्कपुरमा डेरा गरी बस्ने ३८ वर्षीया कबिता राई र भोजपुर घर भई हाल गैँडाकोट १० पितौजी बस्ने अन्दाजी ४५ वर्षीया कान्छी राई छन् ।

    Article inline ad #1
  • घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान टोली खटिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6