खुला सीमाका कारण नेपाली बजारमा देखिएको समस्या सुल्झाउन सांसद तामाङलाई उद्योग वाणिज्य संघको माग
पुनर्वास – पुनर्वास उद्योग बाणीज्य संघका प्रतिनिधि र प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ बिच भेटबार्ता भएको छ । कञ्चनपुर क्षेत्र नंम्वर १ का प्रतिनिधिसभा सदस्य तामाङलाई पुनर्वास उद्योग बाणीज्य संघका प्रतिनिधिहरुले बजारमा देखीएको समस्या समाधानका लागी पहल गर्न आग्रह गरेका छन् ।
केही दिन पहिले विश्वखोज दैनिक पत्रिकाको अनलाइन विश्वखोज डटकम बाट पुनर्वास उद्योग बाणीज्य संघका अध्यक्ष राजकुमार रायमाझी संग गरीएको अन्तरबार्ता प्रशारण भएपछी अहिले पुनः माहोल तातेको छ । अन्तरवार्तामा खुल्ला सिमाका कारण बजार सुक्यो ? ब्यपारीहरुको पलायन बढ्यो ? दैनिक रुपमा सटरहरु बन्द हुदै गएपनी सरकारको ध्यानाकर्षण नभएको लगायतको बिषयहरु प्रस्तुत भएको थियो । सो अन्तरबार्ता प्रशारण भएपछी उद्योग बाणीज्य संघका समस्याहरु सुन्न र आफुले सक्ने बिषयमा पहल गर्न बाणीज्य संघका प्रतिनिधिहरुसंग भेटघाट गरीएको कञ्चनपुर क्षेत्र नंम्वर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले बताउनुभयो । पुनर्वास क्षेत्रको मात्रै नभइ आफ्नो निर्वाचन क्षेत्रको समस्या, यहाँको बजारको अवस्था आफुलाई अवगत भएको समेत उहाँले भेटघाटमा बताउनुभयो ।
सरकारले पछिल्लो समय सिमा क्षेत्रमा कडाइ गर्न निर्देशन गरेको भएपनी यस क्षेत्रमा भैरहेको राजस्व चुवाहट, चोरी तस्करीका विषयमा आफुले सरकारको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो । यस्तै भेटघाटमा बोल्दै पुनर्वास उद्योग बाणीज्य संघका अध्यक्ष राजकुमार रायमाझीले ब्यापारीहरुको समस्या सुन्न आफै तत्पर भएर आउनु भएकोमा प्रतिनिधि सभा सदस्य तारा लामा तामाङलाई कृतज्ञता ब्यक्त गर्नुभयो । खुल्ला सिमा क्षेत्रमा घरायसी सामानका रुपमा दैनिक भैरहने तस्करी रोक्न पहल गर्न उहाँले माग गर्नुभयो । सरकारले एक सय भन्दा बढीको सामानमा भन्सार गर्ने निति बनाएपनी यस क्षेत्रको भारतीय बजारबाट दैनिक लाखौँको सामान भित्रिने गरेको उहाँको तर्क छ ।
भेटका क्रममा संघका अध्यक्ष रायमाझीले बजारलाई चलायमान बनाउन सिमानाकामा कडाइ गर्नुपर्ने, खुल्ला सिमानाकालाई व्यवस्थीत गर्न स्थानिय पालिकालाई निर्देशन दिनुपर्ने, सशस्त्र प्रहरी, बि.ओ.पी.पोष्टबाट नियमीत गस्ती गरी चोरी निकासी, पैठारी रोक्न आवश्यक पहल गर्न सांसद लामालाई आग्रह गर्नुभयो ।
यस्तै आम उपभोक्ताले घरायसि सामानको नाममा लाखको सामना भारतिय बजारबाट खरिद गरि नेपाल भित्राउने गरेकोले नेपाल सरकारको राजश्वमा समेत ठुलो ह्रास आयको र नेपाली वजार धरासायी भयकोले यस तर्फ संसदमा आवाज उठाउन र सरकारको ध्यानाकर्षण गराउन समेत उहाँले आग्रह गर्नुभयो ।
दैनिक रुपमा यस क्षेत्रको ब्यापार धरासयी हुदै गएको प्रति कार्यक्रममा सहभागीहरुले चिन्ता ब्यक्त गरेका छन् । भेटघाट कार्यक्रममा संघका संस्थापक अध्यक्ष बिश्वनाथ बिष्ट, संघका उपाध्यक्ष लक्ष्मण थापा, संघका सचिब बालकृष्ण ढकाल संघका सदस्य धोखे राना, धनलाल मोत्तान लगायत स्थानीय ब्यापारी, पत्रकार लगायतको उपस्थिती रहको थियो ।