Above Article Ad
  • कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    Above Article Content Ad
  • धनगढी– कञ्चनपुरमा एक प्रहरीमाथि कुटपिट भएको छ। ब्रम्हदेब प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक देवेन्द्रबहादुर चन्दमाथि कुटपिट भएको हो। बिहीबार साँझ भीमदत्त नगरपालिका– ९ ब्रम्हदेब महाकाली कोरिडोर मार्ग क्षेत्रमा सई चन्दमाथि कुटपिट भएको हो|

    निर्माणाधिन महाकाली कोरिडोर क्षेत्रबाट बोलेरो जिपमा महेन्द्रनगरदेखि यात्रु ओसारेर जोगबुढा गइरहेका यात्रु र चालकले अनी चन्दमबिच बादविवाद भएको भन्ने जानकारी पह्ररी प्रवक्ता सागर बोहराले जानकारी दिएका छन्।

    Article inline ad #1
  • सई चन्दमाथि यसअघि पनि व्यवसायी तस्कर समूहबाट पैसा असुलेको आरोप लाग्दै आएको छ। ब्रम्हदेब प्रहरी चौकी इन्चार्ज सई चन्दले बोलेरो जिपमा क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेका चालक  रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको भन्ने प्रश्न गरेपछि उनीहरु आफुमाथि खनिएर कुटपिट गरेको बताए।

    Article inline ad #2

    सई चन्दमाथि कुटपिट गर्ने तिन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, चालकलाई भने अहिलेसम्म नियन्त्रणमा लिएको छैन।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by