Above Article Ad
  • मतदान सुरु भएको अढाई घण्टा पछि गठबन्धनकी उम्मेदवार बीना मगरले गरिन मतदान

    Above Article Content Ad
  • कञ्चनपुर , मंसिर ०४ । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पुर्व खानेपानी मन्त्री बिना मगरले मतदान गर्नु भएकाे छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पुनर्वास न.पा. ३ रामबस्तीमा रहेकाे गाेर्खा अाधारभुत विद्यालयमा रहेकाे मतदान केन्द्रमा मतदान गर्नु भएकाे हाे ।
    निर्वाचनका लागि मतदान सामाग्री सहित मतदान अधिकृत र सुरक्षाकर्मी मतदान स्थलमा तैथान गरिएका छन । कञ्चनपुर जिल्लामा ३ अाेटा निर्वाचन क्षेत्र रहेका छन भने ३ लाख २५ हजार नाै जना मतदाता रहेका छन । दुई पूर्व मन्त्री चुनावी प्रतिस्पर्धामा रहेकाले कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ लाई बिशेष महत्वका साथ हेरिएकाे छ । क्षेत्र नं. १ मा बाम लाेकतान्त्रिक गठबन्धनकी साझा उमेदवार माअाेवादी केन्द्रका पुर्व खानेपानी मन्त्री बीना मगर र नेकपा एमाले बाट सुदूरपश्चिम प्रदेशका पूर्व अार्थिक मामिला तथा याेजना मन्त्री तारालामा तामाङ्ग प्रतिस्पर्धा गर्दैछन ।
    निर्वाचनलाई शान्त र भय रहित बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी मतदान केन्द्रमा खटिने छन । कञ्चनपुरमा मतदान केन्द्र ३४६ ओटा र मतदान स्थल १३२ ओटा रहेका छन । क्षेत्र नं. १ मा पर्ने पुनर्वास नगरपालिका, बेलाैरी नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिकामा गरी जम्मा ९९ हजार १ सय दश जना मतदाता रहेका छन । १ नं. क्षेत्रमा मतदान स्थल ५२ अाेटा र मतदान केन्द्र ११९ अाेटा रहेका छन । सबै मतदान स्थलमा बृद्ध तथा अपाङ्गका लागि छुट्टै लाईनकाे ब्यवस्था गरिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button