Above Article Ad
  • पुनर्वासमा उपप्रमुख रानाद्वारा बजार अनुगमन

    Above Article Content Ad
  • पुनर्वास– लामो समयपछि चार्डपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको छ ।

    कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयले नगर उपप्रमुख भुलिया कुमारी रानाको नेतृत्वमा बिहिबार बजार अनुगमन गरेको हो ।

    Article inline ad #1
  • पुनर्वास–६ स्थित प्रतिभानगर बजार क्षेत्रका होटल,डेरी,किराना पसल,मासु पसलहरुमा स्वास्थ्यका मापदण्ड,खाद्य बस्तुको म्याद र व्यवसाय दर्ता भए नभएको अनुगमन गरिएको थियो ।

    Article inline ad #2

    अनुगमनका क्रममा केहि होटल तथा डेरीहरुमा ढुसी लागेको मिठाई,हानीकारक केमिकल र रङ हाल्ने गरेको,म्याद नाघेका खाद्य बस्तु भेटिएको छ ।

    नियम विपरित सञ्चालन भईरहेका र अखाद्य बस्तुको बिक्रिवितरण गर्ने व्यवसायीलाई नियमको परिधिमा रहि व्यवसाय सञ्चालन गर्न नगर उपप्रमुख भुलिया कुमारी रानाले अनुरोध गर्नुभयो ।

    उहाँले आगामी दिनमा अनुगमनका क्रममा यस्ता गल्ती दोहोरिए कानुन बमोजिम कार्वाही गरिने पनि जानकारी दिनुभयो ।

    अनुगमनमा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीदत्त भट्ट,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,धनगढीकी नासु सुजना चौधरी,ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीका नासु दिपेन्द्र प्रसाद जैसी,नगरपालिकाका स्वास्थ्य,आर्थिक शाखाका प्रमुख,सुरक्षाकर्मी,जनप्रतिनिधि,उद्योग वाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष लक्ष्मण थापा लगायत पत्रकारहरुको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by