Above Article Ad
  • पुनर्वासको सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

    आईतबार करिब साढे बाह्र बजेतिर माछा मार्न गएका बेला सिमरी खोलामा डुबेर सोही ठाउँकी १६ वर्षिय बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • मृत्यु हुनेमा सिमरीका बलराम रानाकी छोरी १६ वर्षिय प्रेमवती राना रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
    मृतक बालिकाको शब स्थानीय र प्रहरीको संयुक्त प्रयासमा फेला परेको र केहि समयमा पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लैजाने प्रक्रिया भईरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

    Article inline ad #2
  • प्रहरीका अनुसार शनिबार बिहान एक्कासी आएको बाढीले सिमरी गाउँ पुरै डुबान भएपनि कुनैपनि मानवीय क्षति नभएको बताईएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button