Above Article Ad
  • पुनर्वास नगरपालिकाका मेयर शर्माद्वारा गौरा पर्वको शुभकामना

    Above Article Content Ad
  • पुनर्वास – पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माद्वारा सुदूरपश्‍चिमेलीहरुको महान पर्व गौराको शुभकामना व्यक्त गरेका छन् ।

    शुक्रबार आफ्नो निजि सचिवालयको फेसबुक पेजमा लेख्दै मेयर शर्माले सुदुरपश्चिम तथा मध्यपश्‍चिम क्षेत्रमा सदियौँदेखि मनाईदै आएको गौरा पर्वको शुभकामना व्यक्त गरेका हुन् ।

    Article inline ad #1
  • उनले फेसबुक पेजमा गौरा पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणीक महत्व रहेको छ। धार्मिक सांस्कृतिक महत्वको रुपमा रहेको गौरा पर्वको सम्पुर्ण नगरवासीहरू लगायत स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सवै नेपालीबीच धार्मिक सहिष्णुता, सद्‍भाव कायम होस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै हाम्रा लोक परम्परा एवम् सांस्कृतिक पर्वहरुले सम्पुर्ण नगरवासीहरूमा साथै समग्र नेपालीहरुबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई यसबाट बिभिन्न्न जात धर्म भाषा लिङ्ग र समुदायमा एकता सुदृढ हुँदै आएको छ । यस परिप्रेक्ष्यमा यस गौरा पर्वले पनि हाम्रो नगरपालिकामा बिविध जात धर्म वर्ग र समुदाय बिच एकता, परिस्पारिक मेलमिलाप र सद्‍भाव वढाउने कुरामा म विश्वस्त छु । भनि लेखिएको छ ।

    Article inline ad #2

    त्यस्तै पुनर्वास नगरपालिका कार्यालयले पनि गौरा पर्वको शुभकामनासंगै आजका दिन सार्वजनिक बिदा दिईएको विषय प्रशासकिय अधिकृत धौलराम सार्कीको हस्ताक्षरबाट सुचना बिहिबार प्रकाशित गरेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by