अनेरास्ववियु कंचनपुरका सदस्यद्वारा बेलौरी बिधुत वितरण केन्द्रलाई ज्ञापनपत्र
पुनर्वास – खेतीपातीको समयमा विद्युत कटौतीले कंचनपुर क्षेत्र नम्बर १ का जनतालाई हैरानी बनाएको भन्दै अनेरास्ववियु कंचनपुरको ध्यानाकर्षण भएको छ ।
मंगलबार कंचनपुर जिल्ला सचिवालय सदस्य नन्दराज जोशी लगायतका बिद्यार्थी नेताहरुले बेलौरी विद्युत वितरण केन्द्रलाई खेतीपातीको समयमा नियमित भईरहेको विद्युत कटौती रोक्न ज्ञापनपत्र बुझाएको हो ।
जिल्ला सचिवालय सदस्य तथा अनेरास्ववियु पुनर्वास ईन्चार्ज जोशीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा कंचनपुरको क्षेत्र नम्बर १ का चार पालिकामा विद्युत अपग्रेडका नाममा समय तालिका भन्दा बाहिर रहि एक प्रकारको अघोषित लोडसेडिङ भइरहेका कारण जनता निकै आजित भएको र पटक पटक जानकारी गराउदा समेत समाधान हुन सकेको कुरा उल्लेख छ ।
पत्रमा तत्काल विद्युत कटौतीको समस्या समाधान नभए अनेरास्ववियु कंचनपुर जिल्ला कमिटी आन्दोलनका कार्यक्रम तर्फ केन्द्रित हुने भनिएको छ ।
ज्ञापनपत्र बुझाउन बेलौरी विद्युत वितरण केन्द्र कार्यालयमा अनेरास्ववियु नेता मानबहादुर रोकाया सहितका बिद्यार्थी नेताहरु पुगेका थिए ।