
कंचनपुर-१ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका तारा लामा तामाङ विजयी
Above Article Content Ad
कंचनपुर – कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार तारालामा तामाङ विजयी भएका छन् ।
लामाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई ५ हजार ५ सय ४२ मत अन्तरले पराजित गरेका हुन् । तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गरेकी हुन् ।
Article inline ad #1
यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०६ मत प्राप्त गरे ।
Article inline ad #2
९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ६०४ मत खसेको थियो भने ३ हजार ६४१ मत बदर भएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad