
पुनर्वासमा मनोरञ्जन तथा सत्कार क्षेत्र व्यवस्थित गर्न अनुगमन
पुनर्वास– मनोरञ्जन तथा सत्कार क्षेत्र व्यवस्थित गर्न कञ्चनपुरको पुनर्वास नगरपालिकाका (होटल)मनोरञ्जनका क्षेत्रहरुमा अनुगमन गरिएको छ ।
निड्स नेपाल नामक गैरसरकारी संस्थाको हाम्रो सम्मान परियोजनाको सहयोगमा तयार भएको नगरपालिकाको अनुगमन निर्देशिका अनुरुप बुधबार पुनर्वासका मनोरञ्जन तथा सत्कार क्षेत्र व्यवस्थित गर्न अनुगमन गरिएको हो ।
बढ्दो क्रममा रहेको मनोरञ्जनको क्षेत्रको व्यवस्थापन र नियमन गर्न पुनर्वास नगरपालिकाले अनुगमन निर्देशिका तयार पारेको नगर स्तरीय मानव बेचबिखन तथा ओसापोसर नियन्त्रण समिति सदस्य तथा नगर उपप्रमुख भुलिया रानाले जानकारी दिनुभयो
अनुगमनका क्रममा साना, ठूला होटल, खाजा घर तथा सत्कार क्षेत्र कानुनी रुपमा दर्ता भए नभएको, नवीकरणको अवस्था, कामदारको सुरक्षा, सूचकहरुको सुनिश्चतता जस्ता विषय प्रारम्भिक अनुगमनमा गरिएको थियो ।
त्यस्तै हाम्रो सम्मान परियोजना कार्यक्रमका संयोजक हरि प्रसाद जोशीले आगामी दिनहरुमा अनुगमन निरन्तर रुपमा गरिनुपर्ने र उक्त कार्यका लागि हाम्रो सम्मान परियोजनाको सहयोग तथा सहजीकरण रहने समेत बताउनुभयो ।
निड्स नेपाल नामक गैरसरकारी संस्थाको हाम्रो सम्मान परियोजना अन्तर्गत पुनर्वास नगरपालिद्वारा गरिएको अनुगमन कार्यक्रममा पुनर्वास नगरपालिकाकी उपप्रमुख सहित सुरक्षाका प्रमुख, ईलाका प्रशासनका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, संस्थाका प्रतिनिधि र पत्रकारको सहितको टिमद्वारा अनुगमन गरिएको थियोे ।