Above Article Ad
  • लालझाडीमा बाघको आक्रमणबाट एक महिला घाईते

    Above Article Content Ad
  • लालझाडी । कञ्चनपुरको लालझाडिमा बाघको आक्रमणमा परेर बेलौरीकी एक महिला घाइते भएकी छन् ।

    बिहिबार लालझाडी गाउँपलिका -६ ढक्कास्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमा बेलौरी नगरपालिका -९ डाडाकुण्डा बस्ने करिब २५ वर्षीया बिन्दु डगौरा च्याउ टिप्ने क्रममा पाटे बाघकाे आक्रममा परि घाइते भएको बेलौरी नगरपालिका -९ का वडा अध्यक्ष किसन रानाले बताए ।

    Article inline ad #1
  • वडा अध्यक्ष रानाका अनुसार करिब १०/१२ जना महिलाहरुको समुह च्याउ टिप्ने क्रममा पाटे बाघले डगौरा माथि आक्रमण गरेको थियो ।

    Article inline ad #2

    सबैले होहल्ला गर्दा बाघ भागेर डगौराको ज्यान जोगिएको छ । बाघको आक्रमणमा परि डगौराको आखा र टाउको पछाडी चोट लागेको स्थानीय प्रेम चन्दले बताए ।

    उनको आखामा करिब २० टाका र टाउको पछाडि १० भन्दा बढी टाका लागेको स्थानीय चन्दले बताए । उनको अहिले धनगढीस्थित नव जीवन अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button