Above Article Ad
  • बेलौरीको पोखरी कटेजमा शिवरात्रीका दिन गायक दुर्गेश थापा आउँदै

    Above Article Content Ad
  • बेलौरी- शिवरात्रिको पावन अवसरमा बेलौरी नगरपालिका-४, शान्तिपुरस्थित बेलौरी रिसोर्ट (पोखरी कटेज) मा दुईदिने साँस्कृतिक धमाका आयोजना हुने भएको छ। यही फागुन १३ र १४ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्ने यो भव्य कार्यक्रममा चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

    संगीतप्रेमी दर्शकहरूको आकर्षणको केन्द्र बन्ने यस कार्यक्रममा गायक तथा मोडल दुर्गेश थापा, राज कुश्मी, गायिका पूर्णकला बिसी र गायक मनिष खड्काले दमदार प्रस्तुति दिनेछन्। साथमा, The Funky Dance & Zumba Studio (पुनर्वास) को विशेष नृत्य प्रस्तुति पनि रहनेछ। रमणीय वातावरणमा आयोजना हुने यस सांगीतिक कार्यक्रमले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गरिएको छ।

    Article inline ad #1
  • कार्यक्रमका लागि साधारण टिकट रु.२ सय मात्र तोकिएको छ भने विद्यार्थीहरूका लागि रु.१ सय ५० मात्र निर्धारण गरिएको छ। व्यवस्थापक तथा बेलौरी रिसोर्टका सञ्चालक सागर विष्टले सम्पूर्ण स्थानीय तथा संगीतप्रेमी दर्शकहरूलाई उपस्थित भई यस साँस्कृतिक महोत्सवको आनन्द लिन आग्रह गरेका छन्।

    Article inline ad #2

    शिवरात्रिको अवसरमा आयोजना गरिने यो कार्यक्रम स्थानीय तथा बाहिरी दर्शकहरूको आकर्षणको केन्द्र बन्ने अनुमान गरिएको छ। आयोजक समितिले सबैलाई बेलौरी रिसोर्ट (पोखरी कटेज) मा उपस्थित भई कार्यक्रमको भरपुर मनोरञ्जन लिन आह्वान गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6