Above Article Ad
  • पुनर्वासमा मकै ब्लकका कृषक समुहलाई अनुदानमा कृषि यन्त्र वितरण

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिकाको मकै ब्लक क्षेत्र मानिएका तीन कृषक समुहलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको छ ।
    बुधबार एक कार्यक्रमका बिच कृषि विकास शाखा पुनर्वासले पुनर्वास नगरपालिका–१ स्थित मकै ब्लकका तीन कृषक समुहलाई २५ लाखका कृषि यन्त्र वितरण गरेको हो ।
    पुनर्वास नगरपालिका–१ का अंशुवर्मा बिज वृद्धि कृषक समुह, पुनर्वास व्यवसायिक तरकारी तथा खाद्यान्न उत्पादन कृषक समुह र सुनौलो कृषि विकास केन्द्र कृषक समुहलाई ८ लाख ३३ हजार बराबरको कृषि यन्त्र ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास शाखा पुनर्वास प्रमुख कर्ण बहादुर शाहीले जानकारी दिए ।

    प्रमुख शाहीले कृषिमा उत्पादन बढाउन आधुनिक कृषि यन्त्रको प्रयोगले निकै सहज हुने भएका कारण कृषि शाखाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेटबाट मकै ब्लक क्षेत्रमा उक्त कार्यक्रम निर्धारित गरिएको बताए ।

    Article inline ad #1
  • सो कषि यन्त्रको उचित प्रयोग गर्नसके सोचे भन्दा बढि लाभ हुने कुरामा पनि विस्वस्त रहेको उनको भनाई छ ।
    त्यस्तै कार्यक्रममा सोहि वडाका वडाध्यक्ष मोहनलाल रानाले कृषि क्षेत्रमा पहिलेको तुलनामा अहिले उत्पादन बढि भएको बताए ।
    पहिले जमिन बढि भएपनि उत्पादन बस्तु घरपरिवारमै सिमित हुन्थ्यो, भने अहिले कम जमिनमा व्यवसायिक कषिका कारण उत्पादनमा वद्धि भई कृषकको आर्थिक स्तरलाई समेत मजबुत बनाएको उनको बुझाई छ ।
    उनले कृषि क्षेत्रको विकास र प्रर्वद्धनका लागि वडा कार्यालयबाट वार्षिक बजेट समेत बिनियोजित गरि कृषि तर्फ थप आर्कषण बढाउने उद्धेश्य रहेको बताए ।
    पुनर्वास व्यवसायिक तरकारी तथा खाद्यान्न उत्पादन कृषक समुहका अध्यक्ष गोविन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कृषिक समुहका संयोजक चन्द्रदेव देवकोटाले स्वागत मन्तव्य प्रस्तुत गरे भने सोहि समुहका सदस्य जगन्नाथ रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button