सुदूरपश्चिममा नागरिक उन्मुक्तिले शाह सरकारलाई दिएको समर्थन फिर्ता लिने
धनगढी : नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले एमाले-माओवादी र रास्वपासहितकाे गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे छ। बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठकाे अध्यक्षतामा टीकापुरमा बसेकाे संस्थापक केन्द्रीय सदस्यकाे बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे हाे।
संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहकाे सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेकाे जानकारी दिए।
२१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए। प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बिक बताउँछन्।
यसअघि नाउपाका संरक्षक रेशमलाल चाैधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यकाे बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन नगर्ने निर्णय गरेकाे थियोे तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासकाे मत दिन ह्ववीप लगाएकी थिईन्।
सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चाैधरीकाे जाेडबलमा नाउपाका पाँच जना मन्त्री बनेपछि विवाद सिर्जना भएकाे थियाे।
अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले भने मुख्यमन्त्री कमलबहादुर शाहलाई समर्थन गर्ने निर्णय गरेकाे थियाे।