Above Article Ad
  • नक्सामा भएको साँघुरिएको सडक खुला

    Above Article Content Ad
  • पुनर्बास  – कंचनपुरको दक्षिण भेग पुनर्बास नगरपालिका वडा नम्बर ११ भिम्बस्तीमा नक्सामा भएको तर भौतिकरूपमा साँघुरिएको सडक अन्ततः खुला गरिएको छ।
    लामो समयदेखि स्थानीय प्रशासन, सरोकारवाला निकाय, तथा स्थानीयवासीबीच छलफल र समन्वयपछि केही दिन अघि उक्त सडक खुलाइएको हो।

    विस्तारका क्रममा केही हटाइएका छन् भने सडकको वास्तविक चौडाइ कायम राख्ने प्रतिबद्धता स्थानीय प्रशासनले जनाएको छ। पुनर्बास नगरपालिका वडा अध्यक्ष तुलसी अर्याल (बिनोद)का अनुसार, “नक्साअनुसारको सडक सुनिश्चित गर्न पहल गरिएको हो, जसले दीर्घकालीन रूपमा सबैलाई लाभ पुग्नेछ।”

    Article inline ad #1
  • यसअघि सडक साँघुरिँदा सवारी आवागमनमा कठिनाइ भइरहेको थियो। स्थानीयले सार्वजनिक स्थल मिचिएको भन्दै पटक-पटक भन्दै आएका थिए। सडक खुलाइएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।
    अब वडा कार्यालय ले सडक स्तरोन्नति तथा व्यवस्थित बनाउन थप योजनाहरू अघि बढाउने बताएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6