Above Article Ad
  • साईन नेपालद्वारा डोटीको पुर्वीचौकीमा सञ्चालित कम्प्युटर तथा सिलाई कटाई तालिमको समापन

    Above Article Content Ad
  • डोटी– डोटीको पुर्वीचौकी गाँउपालिकाका युवायुवतीहरुलाई लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित तीन महिने कम्प्युटर तथा सिलाई कटाई तालिम समापन भएको छ ।
    मानवीय सेवामा अनेकौं प्रयास(साईन नेपाल) नामक गैरसरकारी संस्था कैलालीद्वारा सञ्चालित तीन महिने तालिम सोमबार पुर्वीचौकी गाँउपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।

    संस्थाले कम्प्युटर तालिममा ४० जना र सिलाई कटाई तालिममा २० जनालाई तालिममा सहभागी गराएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

    Article inline ad #1
  • संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत पुर्वीचौकी–३, सानागाँउमा तीन महिने कम्प्युटर तालिम र पुर्वीचौकी–७, पोखरीमा तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको थियो ।
    विगतदेखि संस्थाले सो पालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, सिपमुलक जस्ता क्षेत्रमा थुप्रै कार्यक्रमहरु गरिरहेको छ ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button