Above Article Ad
  • साईन नेपालद्वारा डोटीमा ११ हजार फलफूलका बिरुवा वितरण

    Above Article Content Ad
  • डोटी– मानवीय सेवामा अनेकौं प्रयास(साईन नेपाल) कैलालीले डोटीमा ११ हजार फलफूलका बिरुवा निःशुल्क वितरण गरेको छ ।

    बिहिबार डोटीको दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र शिखर नगरपालिका–१ वडा कार्यालयलाई सुन्तला,आँप,लिचि,अम्बा, अमिलो, कागती, कटहर,अनार, अवकाडो र टिमुर लगायतका फलफूलका बिरुवा कृषकलाई वितरणका लागि उपलब्ध गराएको साईन नेपालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

    Article inline ad #1
  • अध्यक्ष जोशीले बाँझो जमिनको उपयोगसँगै डोटीका बासिन्दालाई आयआर्जन तर्फ जोड्न फलफूल खेतीलाई जोड दिएको बताए ।
    उपलब्ध गरिएका बिरुवाको हेरचाँह गरी फल फलाउन सके वर्तमान अवस्थामा देखिएको खस्किँदो आर्थिक अवस्थामा समेत सुधार आउने उनको भनाई छ ।
    साईन नेपाल संस्थाले सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा शिक्षा, स्वास्थ्य,स्वरोजगार,कृषि लगायतका थुप्रै सामाजिक क्षेत्रमा कार्य गर्दै आईरहेका छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button