Above Article Ad
  • डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसको ‘क्लिन स्वीप’

    Above Article Content Ad
  • डोटी – डोटीको पूर्विचौकी गाउँपालिकामा कांग्रेसले “क्लिन स्वीप” गरेको छ। अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र सबै वडासदस्यमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन्।

    अध्यक्षमा कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्यायले ५ हजार १३३ मत प्राप्त गरे। जुन सदर मतको ६७ दशमलव ५६ प्रतिशत हो। यहाँ कूल ८ हजार २५६ मत खसेको थियो। जसमध्ये ७ हजार ५९७ मत सदर भएको छ। अध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार खड्काले २ हजार २०५ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी पशुपति खड्का ४ हजार ७२४ मत हासिल गरेर विजयी भइन्। उनका प्रतिद्वन्द्वी एमालेकी शारदाकुमारी साउँदले दुई हजार ४४४ मत प्राप्त गरिन्।

    Article inline ad #1
  • वडाध्यक्षहरूमा कांग्रेसकै उम्मेदवारहरू १ नम्बर वडामा अंकबहादुर खड्का, २ नम्बरमा योगेन्द्रबहादुर ठकुल्ला, ३ नम्बरमा खड्कबहादुर धामी, ४ नम्बर वडामा बलबहादुर खड्का, ५ नम्बरमा खड्कबहादुर साउँद, ६ नम्बरमा पुष्पराज जोशी र ७ नम्बर वडामा प्रेमबहादुर खड्काको प्यानल विजयी भएको छ।

    Article inline ad #2

    यसअघि २०७४ को निर्वाचनमा यो पालिकामा कांग्रेस अध्यक्ष उम्मेदवार उपाध्याय एमालेका दीर्घ बोगटीसँग पराजित भएका थिए। त्यतिबेला कांग्रेसले ५ वटा वडाध्यक्ष जित्दा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हारेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button