Above Article Ad
  • पुनर्वास उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित जनप्रतिनिधि र नवआगन्तुक प्रहरी निरिक्षकलाई स्वागत तथा सम्मान

    Above Article Content Ad
  • पुनर्वास– मंगलबार उद्योग वाणिज्य संघ पुनर्वासले नवनिर्वाचित जनप्रतिनिधि र नवआगन्तुक प्रहरी निरिक्षकलाई स्वागत तथा सम्मान गरेको छ ।

    संघकै सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष कृष्णबहादुर तामाङ र निर्वतमान अध्यक्ष बिरबल बिश्वकर्माले अबिर खादा सहित मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य र त्रिभुवनबस्तीका नवआगन्तुक प्रहरी निरिक्षक नरेशराज मल्ललाई स्वागत तथा सम्मान गरेको हो ।

    Article inline ad #1
  • स्थानीय जनप्रतिनिधि आईसकेपछि उधोग वाणिाज्य संघको औचित्य घट्दै गईरहेकाले आगामी दिनमा यस संस्थालाई पनि जोगाएर लैजान जनप्रतिनिधिलाई संघका अध्यक्ष कृष्णबहादुर तामाङले अनुरोध गरेका छन् । त्यस्तै नगर प्रमुख तोय प्रसाद शर्माले उद्योग वाणिज्य संघले व्यापारीका हकहितमा मात्रै नभई मुद्धा मामिलामा समेत अग्र स्थानमा रहेर काम गर्दै आएको कुरा आफुलाई अवगत रहेको बताए ।

    Article inline ad #2
  • उनले नँया योजना निर्माण भैराखेकाले दुई चार दिनमै संघबाट समस्याको विषयमा निर्णय गरी नगरपालिकामा पठाउन अनुरोध गरका थिए । कार्यक्रममा संघका अध्यक्ष कृष्णबहादुर तामाङको सभाध्यक्षता तथा नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रमको बिशिष्ट अतिथिमा उपप्रमुख भुलिया राना, उधोग वाणिाज्य संघ निवर्तमान अध्यक्ष बिरबल बिश्वकर्मा रहेका थिए । भने अतिथिमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, लगायतका व्यक्तिहरु उपस्थित थिए ।

    संघका सदस्य राजकुमार रायमाझीको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सञ्चालन बरिष्ठ उपाध्यक्ष लक्ष्मण थापाले गरेका थिए ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button