
क्षतिपूर्ति स्वरुप डाेटिमा प्रदेश राजधानी बराबरको विकास बजेेट चाहिन्छ:तेजबहादुर डुम्रेल
तेज डुम्रेल
“गयो डाेटि ,खायो राेटि”भन्ने उक्तिलाई जरैबाट उखेलेर फाल्न त सकिन्न तर डाेटिकाे समग्र पर्यटन विकासका लागि अठोट गर्ने हो भने डाेटि त साच्चिकै ऐतिहासिक डाेटि रहेछ साेच्न बाध्य हुनेछन् ।
गाउँ गाउँमा केवलकार चाहियो भनेका छैनौं ,नेताले शहरमा चढेको कार सिधै गाउँ घरमा पुगाेस,युवाहरु भारतीय बजारमा चाैकिदार बन्नु नपरोस् किनकि एउटा रवि लामिछाने सयौं युवालाई नेपालमा राेजगारि दिन सक्छु भन्दैछ ,,,के रवि भन्दा डाेटेलि बिजेता उम्मेदवार शक्तिशाली छैनन् र ? अवश्य पनि छन हामी आशावादि छाै, त्यसकारण छिमेकीको देशमा नेपाली युवाले जिन्दगी सिध्याउन नपरोस् , जसले जितेपनि उस्तै हो भन्ने स्थिति बन्नु हुदैन,त्यसकारण अंक गणितीय हिसाबले चुनाव जित्नु र मन जित्नु गरिब र धनी बिचकाे अन्तर जस्तै छ ।
जबसम्म मजदुरलाई मालिक बनाउने शुत्र सार्वजनिक हुदैन तबसम्म मजदुर र मालिक बिचकाे विभेद जारि रहनेछ ,विकल्प जुन ठाउँमा काम गरिरहेका छन् उदाहरणका लागि त्यस कम्पनीमा १०/१५% भएपनि मजदुरको शेयर होस ।
लगातार २० बर्ष गाडी चलाउने तर घर फिर्ता हुने बेला रित्तै हुन्छन् त्यस कारण २० बर्षपछि गाडीको मालिक बनाएर पठाउन सकियोस् ।
किनकि सरकारि जागिरे त पेनसनले चित्त बुझाउन सक्छन् तर निजी क्षेत्रमा १०/२० घण्टा काम जाेतिएकाे युवाले के पाउने नि,,,,?
गम्भीर सवाल हो ! युवालाई राजनीतिमा प्रयाेग गर्ने चम्चा ठान्छन् रत राजनीति बितृष्णा बढिरहेको छ,
चुनाव सकियो फेरि भारत जानेको दिपायलमा लर्काे देखि रहेको छु ।
मन खिन्न हुन्छ तर गर्न त म पनि केही सक्दिनँ मात्र नेतृत्वको ध्यानाकर्षण गराउन लेख्नु सक्छु एउटा एजेन्डालाई पारित गराउन सयौं पटक मन्त्रीको सामुन्ने फेस टु फेस गर्न सक्छु ।
छिमेकी जिल्लामा भटमास कम्पनी खुल्यो तर नजिकैको सेतीमा सुन बगिरहेको छ,छाेप्ने मेशिन छैन अझ भन्नू पर्दा सुनखानि कता छ त्यसको अनुसंधान गरिएको छैन,
विभिन्न किसिमका काेईला छन् ,महङ्गा जडिबुटी छन् ,सुनाखरिले लेक भरिएको छ तर संरक्षण भएको छैन ,विश्व बजारको महङ्गो माछा ट्राउटकाे सफल परिक्षण भएको जिल्ला हो,सायलकाे असला माछा चुनावमा चाख्नु भएको स्मरण रहाेस,अहिलेसम्म ब्रान्ड पहिचान नगरिएको सायलकाे आलु खानु भएको छ,
अब आफुले चाखलाग्दो तरिकाले खाएपछि पर्यटकलाई लिएर आउनुस ।
ठूलाठूला परियोजना भन्दा पनि सानातिना योजनालाई राम्रोसँग व्यवस्थापन गर्ने तर्फ लाग्नुस,
हरेक गाउँ पालिकामा ग्रामीण उधाेग भएको खण्डमा धेरै राम्रो हुने थियो । खेर गएको अल्लाे हामीसंग छ,छाेटकरिमा बेतबासले बजार पाएको छैन,
सिपकाे सम्मान छैन । भेलु बाजेको चर्चा हुने तर जिन्दगी भर समाजका लागि मरिहत्ते गर्ने समाजसेवी गाउँ गाउँमा छन् उहाँहरुकाे सम्मान हुन सकेका छैन ।
मेशिन जस्तै महिला छन् जाे चुलो चाैकामा सिमित छन् उहाँहरुकाे पिडा कसले बुझि दिने ? एकल महिलाका बालबालिका अलपत्र छन् उहाँका बालबालिका पढाउने स्कुल बनेको छैन । समतामूलक शिक्षा नभएपछि समाज विभिन्न वर्गीकरण अवस्थामा छ । हिजोको अवस्थामा सुधार ल्याउने निति तथा कार्यक्रम छैनन् । गरि खाने वातावरण नभएर घर बाहिर निस्केका युवा काेहि सधैंका लागि फर्केर आउन सक्दैनन् । ज्यान उच्च जाेखिममा राखेर जनजिविका धान्न बाध्यता डाेटेलि जनताको मुहारमा मलमपट्टी लगाउन जनप्रतिनिधि सजग हुनुपर्नेछ,
हरेक बर्ष बाढीपीडित त्यस माथि भुकम्पले डाेटि अघाेषित गाेरखाकाे बारपाक बनेको छ।
चर्किएका घरमा बस्न बाध्य छन् ,पालमुनि बसेर नयाँ नेपाल बनाउने कुनै पनि जनप्रतिनिधिको ध्यान पुगेको छैन,पाल भित्र बसेर चुनावमा मतदान गर्ने डाेटेलि दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
मत मात्र होइन ,फुलमाला अनि पसलबाट किनेको खादा रंग अनि सित्तैमा खान खुवाएर पठाउने डाेटेलि जनताको उच्च मुल्यांकन गरिनुपर्छ । किनकि हामीले जिताएर पठाएका जनप्रतिनिधि जिल्लामा नफर्के पनि दुरबिनको सहायताले जनताको समस्या हेर्नु हाेला ।
म धेरै नयाँ नयाँ कुरा सिकाउने भन्दा पनि समग्र सुदुर पश्चिम विकासका लागि संकलन भएका योजना कता हराए त्यसमा सबैभन्दा बढी चिन्तित छु ।
ठूलो तामझाम गरि सुदुर पश्चिमका ९ वटै जिल्लामा विकास लागि हजारौं सुझाव संकलन गरियो,
राष्ट्रिय जनशक्ति खर्च भएको थियो,विज्ञहरू जिल्लामा राजनीति दलका बिचमा कसरी डाेटिकाे समग्रमा विकास हुन्छ भनेर लिखित तथा माैखिक सुझाव संकलन गर्थे, हामीले दिएका थुप्रै सुझावहरु भिडियो खिचेर लगेका थिए ती भिडियो फुटेजहरु डाेटिकाे जिल्ला विकास हुदै सुदुर पश्चिम देखिन राष्ट्रिय योजना आयोगसम्म पुगेका थिए ।
ती कता हराएका योजना सर्वदलीय थिए,अब फेरि खाेज्ने र साेहि अनुसारको विकास गर्ने हिम्मत जनप्रतिनिधिमा हुनुपर्नेछ । नत्र सुझाव संकलन गर्ने हराउने हो, भने थप नाटक मात्रै हुनेछन् । मुस्किलले डाेटि जिल्लाले क्षेत्रीय सदरमुकाम पाएर पनि गुमाएको विगत र वर्तमान भुल्नु हुदैन ।
खप्तडलाई फेवाताल बनाउन सकिन्छ,खप्तड दहमा पाेखराका जस्तै डुङ्गा राख्न सकिन्छ भने किन नगर्ने,
सबै सुविधाका लागि कास्की पाेखरा जानुपर्ने कहिलेसम्म ? के हाम्रा जनप्रतिनिधि रारा पुगेका छैनन् र ? फेवाताल पुगेका छैनन् र ? यदि पुगेका छन् भने किन अहिलेसम्म खप्तड ओझेलमा पारिएको ? पर्यटन लाेभ्याउने झरना छन् ,खै प्रचार ? खै पर्याप्त पर्यटन विकास ?
राष्ट्रिय गाैरवका योजना त धेरै परकाे कुरा हो, घरमै बसेर गरि खाने घरेलुु योजना भएपनि डाेटेलि जनता खुशी हुने थिए, खुलेका कल कारखाना बन्द अवस्थामा छन् ।भत्किएका दरबार संरक्षण भएनन, एक पटक सुदुर पश्चिम पुगेको पर्यटक फिर्ता आउन मान्दैनन् । अनि कसरी हुन्छ समग्र विकास ? अब विगतका हजारौं कमि कमजोरीबाट पाठ सिकेर जनप्रतिनिधिहरुले भएभरकाे विकास गर्नुपर्नेछ ।
जित पनि लगभग सर्वदलीय जस्तै भएको छ,
त्यसकारण सर्वपक्षीय विकासका लागि तीन जना जातिका खुट्टा ( ओदान) जस्तैः भएर अघि बढनु हाेस,अब पनि विकास भएन भने कहिल्यै हुनेछैन भन्न थालेका छन ।
किनकि सुदुर पश्चिम सरकारलाई निरन्तर ५ बर्ष सफल बनाउन ठूलो भुमिका खेलि सकेका युवाका ढुकढुकि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं डाेटि जिल्ला इन्चार्ज शिव सिङ ओलि बिजय भएका छन्
शिव सिङ ओलिले नमुना सुदुर पश्चिम बनाउने अपेक्षा हामी जस्ता हजारौं युवाले गरेका छन् ,
त्यसै गरि अर्का युवा नेता जनताको घर दैलाेमा पुग्न सफल एमाले जिल्ला अध्यक्ष चक्र मल्ल जनताबाट खारिएर आएका छन् ।
पहिलोपटक हारेर दाेस्रो पटक जितेका मल्ललाई समग्रमा डाेटिकाे विकासको चिन्ता छ,
त्यसमाथि शक्तिशाली मन्त्री भइ सकेका डाेटिका साझा अभिभावक प्रेम आले हुनु हुन्छ ,त्यसकारण डाेटेल दाजुभाइले डडेलधुरा भन्दा बढी विकास चाहेका छन्
किनकि सुदुर पश्चिम प्रदेश राजधानी गुम्याे,
त्यो विगतकाे खराब इतिहास भइ सक्यो ,अब डाेटिलाई प्रदेश राजधानी बराबरको विकास तथा बजेट चाहियो जसलाई हामी क्षतिपूर्ति भएको ठान्ने छाै ।
अनि मात्र डाेटिकाे गाउँ नगरमा तपाईंलाई नागरिक अभिनन्दन गरिनेछ,
अहिलेकाे बिजय जुलुस उम्मेदवारकाे नागरिकको होइन,
नागरिककाे बिजय विकास परियोजना सम्पन्न भएपछि हुनेछ।
त्यसकारण दुई शब्द थप्नु पर्दा प्रेम आले जस्ता राष्ट्रनायक पाएका छाै, उहाँले चाहेको खण्डमा मैले माथि लेखेका समस्या सामान्य समस्या र समाधानका उपायहरू हुन । आश पालेर बसेका दुर दराजका जनता सामु धुब्रतारा बन्ने ऐतिहासिक अवसर पाउनु भएकोमा हार्दिक बधाई दिदै समग्रमा म सुदुर पश्चिम विकास गतिविधिले दाैडि रहेको देख्न चाहन्छु ।
लेखक : सुदुर पश्चिमकाे समग्र विकासका लागि कलम चलाउदै आएका युवा हुन् ।