
डोटीमा श्रीमतीको शंकास्पद मृत्यु पछि श्रीमान पक्राउ
Above Article Content Ad
डोटी – डोटीमा एक महिलाको शंकास्पद मृत्युपछि ती महिलाका श्रीमान पक्राउ परेका छन ।
सायल गाउँपालिका – ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शनिबार शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका श्रीमान भीम नेपालीलाई पक्राउ गरेको छ ।
Article inline ad #1
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले महिलाको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटना बारे प्रहरीलाई जानकारी गराएका थिए ।
Article inline ad #2
मृतकका काका नाता पर्ने केआईसिंह गाउँपालिका – ४ बस्ने लाले नेपालीले प्रहरी चौकी वायलमा जानकारी गराएपछि मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको हो । शंकास्पद मृत्युको आशंका पछि शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad