Above Article Ad
  • डोटीको पूर्विचौकीका एक सय पाँच जना आमाहरुलाई साईन नेपालद्वारा पौष्टिक आहार

    Above Article Content Ad
  • पुनर्वास– डोटीको जिल्लाको पूर्विचौकी गाउँपालिकाका सुत्केरी आमाहरुलाई पौष्टिक आहार वितरण गरेको छ ।
    शनिबार मानविय सेवामा अनेकौं प्रयास (साईन नेपाल ) कैलालीले पूर्विचौकी–५ का एक सय पाँच जना सुत्केरी आमाहरुलाई पौष्टिक आहार वितरण गरेको हो ।

    संस्थाको मातृशिशु आहार कार्यक्रम अन्तर्गत सुत्केरी आमाहरुलाई अण्डा १ क्यारेट, ४केजी चना,१ लिटर तोरीको तेल,१ केजी नुन,१प्याकेट काजु, ५०० ग्राम ज्वानो १ बट्टा प्रोटिन र १ जोडा मोजाका दरले वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

    Article inline ad #1
  • संस्थाले अघिल्ला वर्षहरुमा पनि सो पालिकाका विभिन्न वडाहरुकी सुत्केरी आमाहरुलाई पौष्टिक आहार प्याकेज वितरण गर्दै आएको अध्यक्ष जोशीको भनाई छ ।

    Article inline ad #2

    सो संस्थाले तराई र पहाडी क्षेत्रका केहि पालिकाहरुको समन्वय र सहकार्यमा कृषि,शिक्षा,स्वास्थ्य,आयआर्जन,विपद लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button