
पुनर्वास–५ का वडाध्यक्ष पदम रोकायाले सम्हाले वडाको कार्यभार
पुनर्वास– स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन् ।
बुधबार पुनर्वास नगरपालिकाको सभाहलमा नगर प्रमुख तोयप्रसाद शर्माबाट शपथ ग्रहण पश्चात पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम रोकायाले पनि वडा कार्यालयको कार्यभार सम्हालेका हुन् ।
अध्यक्ष रोकाया नेपाली काँङ्ग्रेसबाट विजयी उम्मेदवार हुन् । उनी वि.सं. २०५४ साल देखि पार्टीको सदस्य भई निरन्तर क्रियाशिल थिए । धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा प्रविणता तह उर्तिण गरेका अध्यक्ष रोकायाले नेविसंघको सदस्य र वि.सं २०५६ सालमा पार्टीबाट गाँउ ईकाई कमिटिको सभापतिको जिम्मेवारी पाए ।
प्रवासमा गैर आवासीय संघको महासचिवमा दुई कार्यकाल बिताएर फर्केका रोकाया २०७८ को १४ औ अधिवेशनमा कञ्चनपुर क्षेत्र नम्बर १ का निर्वाचित सचिव हुन् । उनी स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रका धर्मेन्द्र जेठारालाई ३५ मतान्तरले अग्रता गर्दै विजयी भएका थिए ।