
कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु
Above Article Content Ad
कञ्चनपुरः कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो।
स्थानीय तथा आफन्तहरूले उनको हत्या भएको आरोप लगाएका छन। उनको हत्या भएको आरोपपछि सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पट्टिका छोरा अर्जुन सुनारलाई शनिवार नै प्रहरीले पक्राउ गरेको छ।
Article inline ad #1
मृतककी बुहारीले सासूले महाकालीको बालुवा छानेर एक छोरा र छोरी हुर्काएको बताईन। एक हप्ता पहिले २ छोरासहित भारतको दिल्लीबाट नेपाल फर्किएका गोपाल सुनार र उनकी कान्छी श्रीमतीले पुर्खाको सम्पतीमा आँखा लगाउदै कसी सुनारलाई घर छोड्न दबाब दिदै गाली गलोज, कुटपिट गर्दै आईरहेको बताएकी छन्। शुक्रवार राति पनि श्रीमान र कान्छी श्रीमती मिलेर कुटपिट गरिरहेको अवस्थामा बुहारीले बचाएको छिमेकीहरूले बताएका छन्।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























