‘आर्थिक स्थिति कमजोर भएका परिवारको विद्युत महसुल तिर्छु’: अध्यक्ष सापकोटा
कंचनपुर – गत वैशाख ३० गते सम्पन्न भएको मतदानको मतगणना देशका अधिकांश स्थानमा सकिएसंगै अहिले जनप्रतिनिधिहरु विभिन्न निर्णय संगै पदभार ग्रहण गरिरहेका छ्न । यसै क्रममा कंचनपुरको पुनर्वास नगरपालिका -४ का नव निर्वाचित वडा अध्यक्ष मनोज जैशी (सापकोटा)ले पनि बुधबार पदभार ग्रहण गरेका हुन् ।
पदभारका क्रममा नवनिर्वाचित अध्यक्ष सापकोटाले आफुले पाउने सेवा सुबिधाबाट गरिब परिवारका लागि न्युनतम विद्युत महशुल तिरिदिने प्रतिबद्धता जनाएका छन । वडा नम्बर ४ मा आर्थिक अवस्था कमजोर रहेको परिवारले न्युनतम विद्युत खपत भएको बिल वडा कार्यालयमा जम्मा गरि दिएमा त्यसको भुक्तानी आफुले आफ्नो सेवा सुबिधा बाट भुक्तानी गरिदिने सापकोटाले बताए ।
त्यसै गरि वृद्ध वृद्धाहरुका लागि उपलब्ध हुने सामाजिक सुरक्षा भत्ता बैंकसंग समन्वय गरि टोल टोलमा बितरण गरिने अध्यक्ष सापकोटाले जानकारी दिए ।
बुधबार पुनर्वास नगरपालिकाको सभाहलमा नगर प्रमुख तोयप्रसाद शर्माले उपप्रमुख भुलिया राना सहित ११ जना नव निर्वाचित वडाध्यक्ष तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।