
पुनर्वासमा अटोको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु
Above Article Content Ad
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा अटोको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।
मंगलबार पुनर्वास नगरपालिका–६, प्रतिभानगर बजारमा सडक किनारामा पैदल यात्रा गरिरहेकी सोही ठाउँकी ८५ वर्षिया ठलीदेवि थापाको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले दुर्घटनामा घाईते भएकी थापाको उपचारका क्रममा धनगढीको माया मेट्रो हस्पिटलमा मृत्यु भएको जानकारी दिए ।
ठक्कर दिने सु.प.प्र–००१ ह. ४०१६ नम्बरको अटो र चालक पुनर्वास नगरपालिका–८ निवासी ३२ वर्षिय केशवराज ओझा प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक भट्टले बताए ।
सिट क्षमता भन्दा बढि यात्रु र ओभर स्पिडका कारण पुनर्वासमा हालसम्म अटो दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् भने कयौं घाईते अवस्थामा छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad