Above Article Ad
  • बेलौरीका निजि स्वास्थ्य क्लिनिकमा सरकारी निकायको छड्के अनुगमन

    क्लिनिकहरुको भागाभाग

    Above Article Content Ad
  • बेलौरी/ २८ पौष- कंचनपुरको बेलौरी नगरपालिकाका निजि स्वास्थ्य क्लिनिकहरुमा सरकारी निकायले छड्के अनुगमन गरेको छ ।

    बिहीबार जिल्ला प्रशासन कार्यालय कंचनपुर ,जिल्ला स्वास्थ्य कार्यालय कंचनपुर  र औसधि व्यवस्था बिभाग नेपालगन्जको संयुक्त सरकारी टोलीले तिनओटा निजि स्वास्थ्य क्लिनिक तथा फार्मेसीहरुमा अनुगमन गरेको हो ।

    Article inline ad #1
  • अनुगमन गर्दा लागूऔषध समेत खुलेआम बिक्री वितरण भइरहेको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय कंचनपुरका परिवार नि. सु. निरिक्षक कपिल जोसीले बताउनुभयो।

    Article inline ad #2

    सो टोलीले बेलौरी नगरपालिकामा रहेको जगदम्बा अस्पतालमा मोनोदिप तथा  लागुऔषध बिक्रीवितरण गरिरहेको अवस्थामा भेटिएपछि अस्पतालको फार्मेसी शिलबन्दी गरेको छ।

    अनुगमनका क्रममा   डाक्टरको सिफारिस बिना मोनोदिप तथा नेपालमा दर्ता नरहेको गर्भपतन गराउन प्रयोग गरिने ट्याबलेट   बिक्री गरिरहेको र अस्पतालको संचालन अनुमति पत्र समेत नभेटिएपछि अनुगमन टोलीले उक्त फार्मेसीलाई सिलबन्दी लगाउँदै अस्पताललाइ तीन दिनभित्र आवश्यक कागजात सहित जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरमा स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ।

    अनुगमन गरेका मध्ये एक अस्पताल कार्वाहीमा परेको थियो । भने अन्य दर्जनौ स्वास्थ्य क्लिनिक अनुगमनबाट बच्नका निम्ती पसल बन्द गरेर भागेका थिए ।
    स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणीय सम्बन्धी निर्देशिका २०७७ को दफा ४को उपदफा १ बमोजिम कुनै पनि अस्पताल वा पोलिक्लिनिक संचालन गर्नुपर्दा पुर्वाधार निर्माणको मनसाय पत्र अनुसूची ३ बमोजिमको ढांचामा निवेदन पश्चात दफा ४ को उपदफा ४ बमोजिम १५ दिन भित्र निवेदकलाइ मनसाय पत्र प्रदान पश्चात दफा ५ को उपदफा १ बमोजिम अनुसुची ४ भरी संचालन अनुमतिको निवेदन निवेदकले पेश गरेको खण्डमा दफा ५ को उपदफा ३ बमोजिम निरिक्षण टोलिले १५ दिन भित्र स्थलगत निरिक्षण गरि स्वास्थ्य सेवा संचालन गर्ने निकाय समक्ष पेश गरी दफा ५ को उपदफा ४ बमोजिम संचालन अनुमति पत्र प्राप्त गरे पश्चात मात्र अस्पताल वा पोलिक्लिनिक सञ्चालन गर्ने प्रावधान छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button