Above Article Ad
  • एम्बुलेन्स चालक कुटपिट आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    Above Article Content Ad
  • हुम्ला –एम्बुलेन्स चालकमाथि हातपात गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिहीबार दिउँसो तलब भत्ता माग्न गाउँपालिका कार्यालय पुगेका एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई अध्यक्ष शाहीले हातपात गरेको आरोप छ ।

    तलब भत्ता माग गर्ने क्रममा अध्यक्ष शाहीले आफूलाई हातपात गरेको आरोप एम्बुलेन्स चालक चंखेली गाउँपालिका–४ का २९ वर्षिय पृथ्वीबहादुर सिंहले लगाएका छन् ।

    Article inline ad #1
  • अध्यक्ष शाहीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डीएसपी शंकर खड्काले बताए । अध्यक्ष शाहीमाथि कसैले पनि कुनै उजुरी नदिएको र उजुरी परेमा अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने डीएसपी खड्काले बताए ।

    Article inline ad #2

    एम्बुलेन्स चालक सिंहलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। उनको अवस्था सामान्य छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6