Above Article Ad
  • आफ्नै नाबालिका छोरीमाथि करणी गरेको आरोपमा बाबु पक्राउ

    Above Article Content Ad
  • तनहुँ-तनहुँमा आफ्नै नाबालिका छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाको एक स्थानीय तहमा बसोबास गर्ने ६४ वर्षीय पुरुषले आफ्नी १२ वर्षीया छोरीमाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। पीडित बालिकाको हित तथा गोपनीयतालाई ध्यानमा राख्दै घटनामा संलग्न व्यक्तिको नाम, ठेगाना तथा अन्य परिचय खुलाइएको छैन।

    प्रहरीका अनुसार जेठ ९ गते राति करिब ११ः३० बजे घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली खटाइएको थियो। टोलीले आरोपितलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए। उनका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध हाडनाता करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6