Above Article Ad
  • अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

    Above Article Content Ad
  • अर्घाखाँची –नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

    डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन । ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लाको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराको विविधताबारे थप जानकारी प्राप्त भएको छ ।

    कार्यालयका सूचना अधिकारी केसर खड्काले नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने यो चरा ठाडादहमा देखिनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

    Article inline ad #1
  • अङ्ग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुरको वैज्ञानिक नाम ‘एकान्थोप्टिला निपालेन्सिस’ हो । यो नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ ।

    Article inline ad #2

    प्राकृतिक सुन्दरता र जैविक विविधताका दृष्टिले महत्वपूर्ण ठाडादह क्षेत्रमा यसको उपस्थिति देखिनुले यहाँको पर्यावरणीय महत्वसमेत उजागर गरेको छ । यस क्षेत्रका वन तथा प्राकृतिक बासस्थानमा अन्य प्रजातिका चरासमेत हुन सक्ने सम्भावना रहेको छ ।

    सूचना अधिकारी खड्काले काँडे भ्याकुरजस्ता दुर्लभ चराको संरक्षणका लागि प्राकृतिक बासस्थान जोगाउनुपर्ने बताए । वन विनाश, झाडी तथा प्राकृतिक वनस्पतिको क्षयीकरण र मानवीय गतिविधिले यस्ता चराको बासस्थानमा असर पार्न सक्ने भएकाले संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    ठाडादहमा काँडे भ्याकुरको उपस्थिति अभिलेख हुनुले अर्घाखाँचीको जैविक विविधताको पहिचानसँगै पक्षी अवलोकन, अनुसन्धान तथा पर्यापर्यटनको सम्भावनासमेत उजागर गरेको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6