Above Article Ad
  • सर्लाहीबाट १०९ किलो गाँजा बरामद, दुई भारतीय पक्राउ

    Above Article Content Ad
  • सर्लाही-सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडिबाट प्रहरीले १०९ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाही र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०९ एम ३७६६ नम्बरको कारलाई रोकी चेकजाँच गरेको थियो।

    Article inline ad #1
  • चेकजाँचका क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा २३ पोकामा प्याक गरिएको करिब १०९ किलो लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल प्लास्टिकसहितको रहेको बताइएको छ।

    Article inline ad #2

    प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपककुमार महतो र सोही ठेगाना भएका २५ वर्षीय अमनकुमार रहेका छन्। महतो कार चालक रहेको र अमन सोही कारमा सवार रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर बरामद गाँजा, भारतीय कार तथा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाएको छ। लागूऔषध कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6