Above Article Ad
  • जुवाको खालबाट २५ जना पक्राउ, ४ लाख ४६ हजार बढी बरामद

    Above Article Content Ad
  • काठमाडौँ– म्याग्दीकाे मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णुसहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छl

    इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद५७ हजार ४० र चार बुक ताससहित पक्राउ गरेको हो।

    त्यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमारसमेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८८ हजार ९७० र १६ थान कौडा हित पक्राउ गरेको हो।

    Article inline ad #2

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6