Above Article Ad
  • कैलालीका भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व सकंलन गर्न सकेन्

    सत्ती भन्सारमा पनि लक्ष्य अनुसार राजस्व उठेन्

    Above Article Content Ad
  • कैलाली ः कैलालीका भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९÷८० मा लक्ष्य अनुसारको राजस्व सकंलन गर्न सकेन । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सारमा विभागले तोकेको लक्ष्य भन्दा कम राजस्व उठेको हो ।कैलाली भन्सार कार्यालय लाई आर्थिक वर्ष २०७९÷८० मा १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य रहेपनी ८ अर्ब २९ करोड ६३ लाख रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको कैलाली भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्र कुमार खड्काले बताउनुभयो । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको उहाँले बताउनुभयो ।

    Article inline ad #1
  • बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा भन्सारबाट आउने र जाने सामानमा कमी भएकाले पछिल्लो समय राजस्व उठ्ने क्रम खस्केको सूचना अधिकारी खड्काले बताउनुभयो । टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौला बाट पनि लक्ष्य अनुसार राजस्व उठ्न सकेको छैन्। भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९÷०८० मा १६ करोड ९४ लाख, ४२ हजार राजस्व उठाउनुपर्ने लक्ष्य तोकेको भएपनी ७ करोड, ३८ लाख, ८९ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताउनुभयो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button